– प्रशान्त महासागर
जीवनसँग मैले माग्नेको एक उचित सफल मृत्यु हो । त्यो तिमीले पनि माग्न सिक्नुपर्छ र हामीले माग्नेछौं । फरक धरातल होला । अवस्था अनि अन्य अन्य कार्य विधि पनि आ–आफ्नो नै होला जस्मा मैले मलाई त्यसमा त्यसरी नै समावेश गराउँदा जुन आँट र विश्वासमा म मान्छे हुँ भन्ने गरिएको गर्व अर्कै हुन सक्छ । हुन त मान्छे हुन कुनै पूजापाठ गरेर वा धर्म अनुशरण गरेर देखाउनुपर्छ म मान्दिन् । साथै खराब देखेर धर्म परिवर्तन गरेरै मान्छे हुन्छ त्यो पनि मान्दिन् । मान्छे हुन “खाए जसरी खुवाउनु त्यसरी” कुरा साधारण नै छ तर पालनाको सावलमा ढुङ्गा फोरेर प्यास मेटाउनु जतिकै कठीन छ बुझ्न यदि अहम्को छालामा आफ्नो सोच छ भने…। र जीवनकै सवालमा कुरा गर्ने हो भने मृत्युका परिकार धेरै छन्, मात्र जीवन सुहाउँदो कुन… त्यो सोच्न सकिएन् भने जिब्रोमा पसिना आउने प्राणी, हामी बन्न सक्छौं ।
जिब्रोमा पसिना आउने प्राणी जसलाई भय मृत्युको होला तर जीवनको लक्ष्य र उद्देश्य के हो ज्ञान पक्कै हुन् । परिवार र त्यसको दायित्व अनि जीवनको कर्तव्य के हो त्यसको पनि हेक्का हुन्न । त्यसैले तिनीहरुलाई मांसाहारी प्राणी भनिएको हो । तर हाम्रो सानो मगजको सानो कुरा भने झै मासु खाने मांसाहारी प्राणी । र म मासु खाने हामीकै कुरा गर्न चाहन्छु ।
जीवन जन्म छ त मृत्यु पनि छ त्यो स्विकार्य पनि छ । तर कतिले लोभले मृत्युलाई आनाकानी पनि गर्छ । जीवनमा पीडा सुख पनि भोग्छ । यी बाहेक पनि संस्कारकै आडमा मृत्यु पछि यो र त्यो, यसरी र त्यसरी भन्ने चलन चलाइएको छ । मासु खानेलाई बार्नु पर्छ भनिएको छ । शोकमा मासु खानु हुन्न भन्ने ग्रन्थ धर्मले जीवनसंगत कुरा गर्नु पर्दा मासु खानुहुन्छ कस्ले भन्छ….यो प्रश्न समाजमा छ भने ईको प्रणाली अन्तर्गत आहार–भोजन मासु हुँदा फरक हुन्न । त्यही कुरालाई बुद्ध प्रथाले तरकारी स्वरुप ग्रहण गर्दा हुन्छ । यदि कसैले हुन्न भन्ने व्याख्या तर्क संगत गर्छन् भने, हुन्छ के जीवनमा त्यो पनि स्पष्ट हुनु आवश्यक छ । परिणाम जीवनमुखी हुनुपर्छ । धर्म पनि जीवनसंगत हुनुपर्छ । अवस्था परिवेश एवम् स्थान बेगर जीवनलाई रुपान्तरित, परिचालित गर्न सकिएन् भने त्यो धर्म हुन्न । धर्मसंगत जीवन, जीवन हुन्न । यो पसिना नआउने जिब्रो भएको विशेषगरि मान्छेकै जीवन हो । अब रह्यो बार्ने संगतकै कुरा कोही जिउँदो छँदा एक गिलास तातोचिसो पानीको लागि नसोध्नेले मुक्ती धर्मकै आडमा कसैलाई दूध पाथीका पाथी दान दिन्छन् भने त्यो पनि धर्म होईन् । जीवनमा आफु बाँच्दै रोगलाई चरमसिमामा पुर्याएर मलाई यो भयो र त्यो भएन् भन्नु । र आफुलाई होईन सल्लाहलाई पनि जीवन मान्न नसक्नु यो र त्यो नै बार्ने कुरा जीवन अर्पण गर्छन् भने रोग भन्दा बढी बेरोगले मान्छे मर्छन् त्यसको अर्थ रोग पाल्नु भनिएको होईन् । औषधिले भन्दा ज्यादा जीवन, विषले बचाउँछन् । औषधिको स्वरुप निर्माण नै विषले गरेको हुन्छ । त्यसको अर्थ विष सही भन्नु होईन् । कुनै पनि जीवन विशेषगरि पसिना नआउने हामी प्राणीको जीवन स्थान अनुरुपा भएन् भने त्यो जीवनमा धर्म छैन् भन्न सिक्नुपर्छ, सिकाउन सक्नुपर्छ । धर्म कुनै नीति होईन् जीवनसंगत कुरा हो । यो शास्त्रले भन्नुपर्छ । अनि मात्र बार्नुको औचित्य धर्म हुनेछ । मृत्युको सार जीवन हुनेछ । मर्नेको मृत्यु जीवनको उचित र सफल हुनेछ । मनुष्य हामी जन्मै देखि शाकाहारी भएको अर्थलाई जीवनसंगत कुरा गर्न छोडेर कुनै मांशाहारी प्राणी हो भन्नु गलत हो । अर्को मनुष्य मर्नु हो, मार्नु हो । मार्ने कानून हुनुपर्छ व्यवस्था सहज हुनुपर्छ सोच्नु मलाई त्यो शाकाहारी जीव मनुष्य होईन् । जस्का नङ्ग्रा पलाउँछन् दाह्रा निस्किन्छन् त्यस्ताले व्यवस्थित शिकारको आहार खोज्छन् । र खाने वा नखाने भन्दा नि खान्छु नै भनी जिद्दि लाद्ने प्राणी शाकाहारी होईन् नै चाहे जिब्रोमा पसिना नआवस् समाज र राष्ट्र त्यो एक हिस्रक मांशाहारी प्राणी नै हो । त्यसले मृत्यु उचित र सफलको कामना कहिल्यै गर्ने छैन् पनि ।
अन्तमा, मर्नुपर्छ, मार्नु हुन्न सोच्नु नितान्त आवश्यक सूत्र हुन् जस्ले मलाई मनुष्य बनाए जस्तै हामीलाई शाकाहारी प्राणी बनाउने छन् । जीवन हेर्दा मात्र दुई दिनको लाग्छ जहाँ एक रात छ अर्को एक दिन छ । तर त्यो समयभित्र कति के छ ज्ञानीलाई ज्ञानकै कमी छ । यो हामी बुझ्नु पर्छ । यस्तै थियो यस्तै हुनुपर्छ सोच्नु एक अहम् हुनसक्छ जुन हामी शाकाहारी प्राणी बाँचुन्जेल ती अहम् त्यागेर सफल र उचित मृत्युलाई हिड्ने छौं । जीवनसंगत कुरा गरेरै मर्नेछौं तर मार्ने छैनौं ।
२०७५ वैशाख १३ गते विहीबार क्राइम चेक साप्ताहिकमा प्रकाशित