२०८१ चैत्र १९ गते, मंगलवार २३:१९

वेबसाइटमा निर्माण कार्य भइरहेको छ । साइट भिजिट गरिरहनु होला । धन्यवाद

एसीसी प्रिमियर कप : गुल्सन झाको अर्द्धशतक

काठमाडौं/एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खेलमा नेपालका गुल्सन झाले अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा झाले ७६ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ५१ रन जोडेका हुन् । कप्तान रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेख दोहोरो अंक नजोडी आउट हुँदा निराश भएका […]

नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाएकाे आरोपमा पूर्व गृहमन्त्रीका सल्लाहकार पक्राउ

काठमाडौं। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा इन्द्रजित राई पक्राउ परेका छन्। उनलाई सुनाकोठी, ललितपुरबाट पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा राईलाई पक्राउ गरिएको हो। उनीमाथि सोधपुछ सुरु भएको छ। उनीविरुद्ध सरकारी वकिलको कार्यालयबाट वारेन्ट जारी भएको थियो। रामबहादुर थापा बादल गृहमन्त्री […]

मुख्यमंत्री चौधरीले आज विश्वासको मत लिने

काठमाडौं । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिँदै छन् । आज बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकबाट नवनियुक्त मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने भएका हुन् । लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ अनुसार प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी पत्र दर्ता गत आइतबार दर्ता गराएका थिए । जसअनुसार सभामुख तुलाराम घर्तीले सो पत्र दर्ता […]

पेट्रोलियम ईंधनको मूल्य घटेर आयो

काठमाडौँ/भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको घटेको मूल्यको विवरण दिएको छ । निगमकाअनुसार पेट्रोल लिटरमा चार रुपैयाँ ३३ पैसा तथा डिजेलमा चार रुपैयाँ ११ पैसा मूल्य घटेको भन्दै पत्र आएको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण आईओसीले पनि सोही अनुसार घटेको मूल्य […]

बारामा जसपाद्वारा बुथ कब्जा : सिके राउत

बारा। जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा २ का दुई मतदान केन्द्रमा बुथ कब्जा भएको आरोप लगाएका छन् । प्रहरी प्रशासनकै संरक्षणमा पचरौता नगरपालिका बेलडाडीमा जसपाले बुथ कब्जा गरेको उनले आरोप लगाएका हुन् । आफ्ना प्रतिनिधिलाई बेलडाडी र देवतालको झिगैया बुथमा आफ्ना प्रतिनिधिलाई समेत प्रवेश गर्न नदिएको उनको भनाइ छ । तर, स्थानीय प्रशासनले कुनै […]

मतदाता सूचिमा नाम नहुँदा रवी लामिछाने र रामप्रसादले मतदान गर्न पाएनन्

चितवन। चितवनका मुख्य प्रतिस्पर्धी मानिएका तीन मध्य एकले मात्रै मतदान गरेका छन्। नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले मात्रै मतदान गरेका हुन्। उनले चतुर्मुखी उच्च मावि शक्तिखोर मतदान केन्द्रबाट मतदान गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने तथा नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले भने मतदान गरेका छैनन्। नेकपा एमाले उम्मेदवार न्यौपानेको मतदाता नामावलीमा नाम चितवन […]

राम-कृष्ण नामको किर्तन गर्नेमाथि इंस्पेक्टर शाहीको ठाडो हस्तक्षेप

वीरगंज/ वडा प्रहरी कार्यालय श्रीपुर वीरगंजका प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीले बर्दीको गलत दुरूपयोग गर्दै हरे कृष्ण, हरे नाम राम राम हरे हरे नामको किर्तन गरिरहेका व्यक्तिहरूमाथि एकाएक जाई लागेका छन् । धर्म निरपेक्ष देश नेपालमा सबै धर्मावलम्बीले स्वतन्त्रतापूर्वक आफ्नो धर्म, संस्कृति मान्न पाउनु पर्ने, पूजा पाठ, भजन किर्तन गर्न पाउनु पर्ने संवैधानिक व्यवस्थामाथि राष्ट्रसेवक […]

नेपाललाई रुसले रासायनिक मल र गहुँ उपलब्ध गराउने

काठमाडौं । रुसले नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउने भएको छ । रुसको भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासंगको भेटमा रुसका उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोले रासायिक मल र गहुँ उपलब्ध गराउन तयार रहेको सचिवालयले जनाएको छ । अध्यक्ष तिमिल्सिना र उपप्रधानमन्त्री चेर्निसेन्कोबीच भएको भेटमा नेपाल र रुसबीचको सीधा हवाई सेवा सञ्चालन गर्ने, रुसमा नेपाली […]

मुलुकको अर्थतन्त्र संकटमा छैन: गृहमन्त्री श्रेष्ठ

काठमाडौँ/उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नभएको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नभएको बताएका हुन् । उनले सरकारले तत्कालीन समस्या समाधानका उपायहरू खोज्न सक्दा तत्काल अर्थतन्त्रमा सुधार आउने उल्लेख गरे । सरकारले अर्थतन्त्रमा देखा परेका तत्कालीन समस्या समाधान गर्न सम्पूर्ण ध्यान केन्द्रित […]

धरान उपमहानगर प्रमुख हर्क साम्पाङद्वारा वडा अध्यक्षहरुको राजीनामा माग

काठमाडौँ । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ राईले कर्तव्य पूरा नगरेको आरोप लगाउँदै वडा अध्यक्षहरुको राजीनामा माग गरेका छन् । बिहीबार जारी गरिएको विज्ञप्तिमा कार्यपालिकाको बैठकमा नबस्ने तथा काम कारबाहीको जानकारी नगराउनेलाई नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिइएको छ । प्रमुख साम्पाङले संविधानको धारा २७ मा उल्लेखित सूचना पाउने नागरिकको मौलिक […]