२०८३ जेष्ठ १० गते, आईतवार १७:३०

फाल्गुण २१ मा हिन्दू परिषद नेपालको केन्द्रिय साधारणसभा हुने

वीरगंज ७ फाल्गुण/
हिन्दू परिषद नेपाल केन्द्रीय कमिटिको बैठक आज बीरगंजमा सम्पन भएको छ।

बैठकले परिषदको केन्द्रीय साधारण सभा फाल्गुन २१ गते सिमरामा गर्ने निर्णय गरेको केन्द्रिय सदस्य पण्डित सचितानन्द दुबेले बताउनु भयो ।

गीता मन्दिर वीरगंज स्थित प्रधान कार्यालयमा बसेको बैठकमा हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेल, केन्द्रिय उपाध्यक्ष बिजय गुप्ता, केन्द्रीय कोषाध्यक्ष संजय सरार्फ, केन्द्रीय सदस्यहरु पण्डित सचितानन्द दुबे, लालबाबु प्रसाद कुर्मी, सुरेश साह कानू, अजिता देवी पटेल, रमेश रौनियार, संतोष सरार्फ, लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM