२०८२ कार्तिक २४ गते, सोमबार १०:१०

सङ्कटमा खच्चड व्यवसायी




मुगु । पछिल्लो समयमा मुगु लगायत साबिक कर्णालीका जिल्लाहरूमा खच्चड व्यवसाय सङ्कटमा परेको छ ।

केही वर्ष पहिले खच्चडमार्फत गाउँगाउँमा खाद्य सामग्रीदेखि निर्माण सामग्रीसम्मका सामानहरू ढुवानी गर्ने  यातायातको भरपर्दो माध्यम बनेको  थियो ।  तर, आधुनिक यातायातका साधनहरूको विकास र सडकको निर्माणसँगै खच्चडले  सामान ढुवानीको काम नपाए पछि खच्चड व्यवसाय सङ्कटमा परेको हो ।

विशेष गरी विकास निर्माणका काममा बालुवा, ढुङ्गा, काठ, र निर्माण सामग्रीहरूका साथै गाउँ,गाउँमा खाद्यान्न ढुवानी गर्न खच्चडलाई प्रयोग गरिन्थ्यो । तर, पछिल्ला समयमा छिटफुट  ठाउँमा बाहेक सबै स्थानमा  सडक सञ्जाल जोडिए पछि  खच्चड व्यवसाय नै  हराएको छ ।

खच्चड पालेर जीविकोपार्जन गरिरहेका स्थानीयहरूलाई अहिले आर्थिक कठिनाइको सामना गर्नु परिरहेको छ। 

सडक सञ्जाल र यातायातको विकासले गाउँको आर्थिक गतिविधिमा सुधार ल्याएको भए पनि खच्चड व्यवसायमा आश्रित व्यक्तिहरूका लागि भने यो ठूलो चुनौती बनेको स्थानीयहरू बताउँछन् । गाउँका केही खच्चड व्यवसायीहरू अहिले वैकल्पिक आयस्रोतको खोजीमा छन् भने केहीले आफ्ना खच्चड बेच्न बाध्य छन्।

खच्चड व्यवसायमा आश्रित घर परिवारहरू  पुनःस्थापना  रोजगारीको लागि अधिकांश घरपरिवार  भारत लगायतका देशमा पलायन हुन  बाध्य भएका छन्  ।

लाखौँ रुपैयाँ आम्दानी  गर्दै आएका खच्चड व्यवसायीहरू आफूहरूलाई पुन स्थापनाका लागि सरकारले  ठोस नीति ल्याउनु पर्ने बताउँछन् । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM