२२ मंसिर, भक्तपुर । राष्ट्रिय बी बुद्धिचाल प्रतियोगिताको पुरुषतर्फ पुरुषोत्तम सिलवाल विजयी भएका छन् । शनिबार भएको प्रतियोगितामा सिलवाल ६.५ अंकसहित विजेता घोषित भएका हुन् ।
प्रतियोगिताका ४ वटा खेलमा जित र ५ वटामा बराबर नतिजा निकाल्दै सिलवाल अपराजित बन्न पुगे ।
यसअघि हिजो भएको खेलमा महिलातर्फ काठमाडौंकी बिनिता कपालिले उपाधि जितेकी थिइन् । अन्तिम सातौं चरणको स्पर्धामा धनुषाकी शान्ति धिमाललाई हराउँदै ६.५ अकंसहित उनी च्याम्पियन बनेकी हुन् ।
योसँगै नेशनल बी चेस प्रतियोगिताका उत्कृष्ट चौथो स्थानदेखि नवौं स्थानसम्म प्राप्त गर्ने खेलाडी राष्ट्रिय खेलमा छनौट भएका छन् ।
यसैबीच नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले विजेता पुरुष तथा महिला खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने प्रतिबद्धता पनि जनाएका छन् ।
प्रतियोगिताका ४० जना पुरुष र १८ जना महिला राष्ट्रिय खेलाडीले उज्वेकिस्तानमा हुने ४६ औं चेस ओलम्पियाडका लागि नेपाल च्याम्पियनसहित शीर्ष तीन खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् ।