Thursday, November 28, 2024
घरसमाचारइजरायली राजदूतले भने- केयरगिभरमा छनोट भएका सबै कामदार लैजान्छौं

इजरायली राजदूतले भने- केयरगिभरमा छनोट भएका सबै कामदार लैजान्छौं

१२ मंसिर, काठमाडौं । नेपालका लागि इजरायली राजदूत शुमलिक एरी बासले ‘केयरगिभर’ का लागि छनोट भएका नेपाली कामदारहरू लैजाने प्रतिबद्धता जनाएका छन् ।

बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँगको शिष्टाचार भेटका क्रममा राजदूत बासले इजरायलमा युद्धविरामको घोषणा भइसकेकोले उत्तीर्ण भएका सबै नेपाली कामदारलाई लैजाने जानकारी गराए ।

सो क्रममा उनले केयरगिभिङका क्षेत्रमा नेपाली कामदार उत्कृष्ट रहेको पनि उल्लेख गरे । साथै, नेपाली कामदारहरूलाई कृषि, निर्माणलगायतका अन्य क्षेत्रमा समेत लैजान सकिने बताए ।

भेटवार्ताका क्रममा नेपाल र इजरायलबीचको द्विपक्षीय श्रम सम्झौताको कार्यान्वयनको विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहायक प्रवक्ता वसन्तबहादुर बोहराले मन्त्री भण्डारी र राजदूत बासबीच कृषि, निर्माणलगायत अन्य क्षेत्रमा नेपाली कामदार पठाउनका लागि पहल गर्ने, कृषि प्रविधि हस्तान्तरण गर्ने, सीप विकास, भाषा तालिम, स्वास्थ्य परीक्षण, श्रमिकको हकअधिकार संरक्षण र सुरक्षालगायत विषयमा दुवै देशबीच थप कूटनीतिक पहल गर्ने लगायतका विषयमा छलफल भएको जानकारी दिए ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -