काठमाडौँ । नेपाली हास्यव्यङ्ग्य साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार यस वर्ष सिस्नुपानी नेपालका अध्यक्ष कवि लक्ष्मण गाम्नागेलाई प्रदान गरिएको छ। त्यसैगरी भैरव वाङ्मय पुरस्कार वरिष्ठ भाषासेवी कोषकार चूडामणि गौतम र भैरव प्रतिभा पुरस्कार वरिष्ठ अभिनेत्री लक्ष्मीलाई प्रदान गरिएको छ ।
गुठीले आज आफ्नो कार्यालय जोरपाटीमा एक कार्यक्रम गरी ती पुरस्कार समर्पण गरेको हो ।
भैरव पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । त्यस्तै १ भैरव वाङ्मय पुरस्कारको राशि १ लाख १ हजार १ सय ११ र भैरव प्रतिभा पुरस्कारको राशि ५१ हजार १ सय ११ रुपैयाँ रहेको छ ।
भैरव पुरस्कार गुठीले स्थापना गरेका ती पुरस्कार गुठीका अध्यक्ष समेत रहनुभएका वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले समर्पण गर्नुभएको हो ।
कार्यक्रममा पुरस्कृत व्यक्तित्वहरूले भैरव अर्यालको नाम जोडिएको पुरस्कार पाउनु गर्वको विषय भएको बताउनुभएको थियो ।
कार्यक्रममा भैरव अर्यालले रचना गर्नुभएका दुई वटा गीत पहिलो पटक प्रस्तुत गरिएको थियो ।