Thursday, November 28, 2024
घरसमाचार‘हीरामण्डी’ अभिनेत्री सन्जिदा शेखले काठमाडौंमा गरिन् सौन्दर्य सामग्री लन्च

‘हीरामण्डी’ अभिनेत्री सन्जिदा शेखले काठमाडौंमा गरिन् सौन्दर्य सामग्री लन्च

काठमाडौं । सञ्जयलीला भन्साली निर्देशित नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’ अभिनेत्री सन्जिदा शेख यतिबेला काठमाडौंमा छिन् । शनिबार आयोजित समारोहमा उनले ट्रुडर्मा ब्राण्डको ‘ट्रु स्किन ब्राण्ड’ सौन्दर्य सामग्री सार्वजनिक गरिन् ।

नेपाली अभिनेत्री केकी अधिकारीसँग मिलेर उनले उक्त ब्राण्ड लन्च गरिन् । सन्जिदाले प्रोडक्ट लन्च गर्दै धेरै ब्राण्डको सामग्री प्रयोग गरे पनि ट्रु स्किनको जस्तो अरू नभएको बताइन् ।

उनले कार्यक्रममा आफ्नो व्यक्तिगत स्किन केयरको दैनिक प्रयोग र ट्रु स्किनको प्रभावकारिताबारे समेत बताइन् । नेपाली ब्राण्ड रहेको ट्रुडर्माले नेपाली सौन्दर्य सामग्री उत्पादन गर्ने गरेको ब्राण्डका निर्देशक सुशान्त मुरारकाले बताए ।

ट्रु स्किन, ट्रु डर्मा कम्पनीको नयाँ उत्पादन हो । छालाको हेरचाह र सौन्दर्यको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास रहेको उनले उल्लेख गरे । प्रोडक्टलाई विशेषगरी प्राकृतिक तत्वहरूमाथि आधारित बनाइएको मुरारकाले जानकारी दिए । त्वचालाई स्वस्थ, चम्किलो र ताजा राख्न मद्दत गर्ने उनको भनाइ छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -