२० साउन, काठमाडौं । विश्व टेनिसका स्टार नोभाक जोकोभिचले पहिलो पटक ओलम्पिककोमा स्वर्ण पदक जितेका छन् ।
फ्रान्समा भइरहेको पेरिस ओलम्पिकमा जोकोभिचले आइतबार मेन्स सिंगल्सतर्फ स्पानिस युवा खेलाडी कार्लोस अल्काराजलाई सोझो सेटमा पराजित गर्दै स्वर्ण जितेका हुन् ।
जोकोभिचले दुवै सेट टाईब्रेकमा आफ्नो पक्षमा पारेका थिए । जोकोभिचले अल्कारजलाई ७-६ (७-३), ७-६ (७-२) ले पराजित गरेका हुन् ।
लामो समयदेखिको पर्खाईको रुपमा रहेको ओलम्पिकमा स्वर्ण पदक जितेपछि जोकोभिचले टेनिसमा करियरमा गोल्डेन स्लाम पूरा गरेका छन् ।
उनी टेनिसको सिंगल्स इभेन्टमा चारवटै ग्राण्डस्लाम र ओलम्पिक स्वर्ण गरी गोल्डेन स्लाम जित्ने पाँचौ खेलाडी बनेकमा छन् । यसअघि राफायल नाडल, आन्द्रे आगामी, सेरेना विलियम्स र स्टेफी ग्राफले मात्र चारै ग्राण्डस्लाम र ओलम्पिक गोल्डेन स्लाम जितेका थिए ।