Friday, November 29, 2024
घरसमाचारचितवनमा फोहोर व्यवस्थापन र वातावरण सम्बन्धी बासस्थान नवप्रवर्द्धन सम्मेलन हुँदै 

चितवनमा फोहोर व्यवस्थापन र वातावरण सम्बन्धी बासस्थान नवप्रवर्द्धन सम्मेलन हुँदै 

चितवन । चितवनमा फोहोर व्यवस्थापन, वातावरण सेनिटेसन सम्बन्धी  सम्बन्धी तेस्रो बासस्थान नवप्रवर्द्धन (ह्याबिट्याट इनोभेसन कन्क्ेलभ २०२४) सम्मेलन हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयको संयुक्त आयोजनामा भदौ ३१ देखि असोज १ गतेसम्म चितवनको रामपुरमा सम्मेलन हुन लागेको हो ।

फोहोरलाई सेग्रीगेट गरी यसबाट  ऊर्जा उत्पादन, खाद्य सुरक्षाको प्रवर्द्धन र वातावरण संरक्षणसँग एकीकृत गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको आज भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।  नेपाल फोहोरमा आधारित उद्यमशीलतामा अगाडि बढ्नुपर्ने धारणा सहित सम्मेलनको आयोजना गर्न लागिएको सम्मेलनका संयोजक एवं पूर्वमन्त्री गणेश शाहले जानकारी दिनुभयो । कन्क्लेभमा चितवनका पालिका प्रमुखलाई पनि सहभागी गराई समस्या र चुनौती विषयमा छलफल गरिने र समाधानका उपाय खोजिने शाहले बताउनु भयो ।

‘अहिले देशभरका नगर प्रमुखहरूलाई फोहोर व्यवस्थापनको टाउको दुखाईको विषय बनेको छ । फोहोरलाई डम्पिङ्ग भन्दा पनि कसरी यसलाई मोहरमा परिणत गर्ने र रोजगारी सिर्जना गर्ने विषयमा कन्क्लेभ केन्द्रित रहनेछ । ’

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा वातावरण, दिशाजन्य फोहोर व्यवस्थापन र खाद्य सुरक्षाका विषयमा कार्यपत्र प्रस्तुत गरिने भएको छ । सम्मेलनमा भर्चुअल मार्फत समेत विशेषज्ञले आफ्नो प्रस्तुति राख्नेछन् ।

यस सम्मेलनले चुनौतीहरूको पहिचान र समाधान गर्न विद्यार्थीहरूलाई सशक्त बनाउन सहयोग पुग्ने उहाँले बताउनु भयो  । कार्यक्रममा प्राज्ञ, नीति निर्माता, लगानी कर्ता, केन्द्रीय र स्थानीय सरकारी निकाय, गैरसरकारी संस्था, कृषि तथा वन  विश्वविद्यालय, रामपुर र  काठमाडौँ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी र सरसफाई प्रविधिमा विशेषता भएका व्यक्तिहरूको उपस्थिति रहने छ ।

कृषि विश्व विद्यालयका उपकुलपति डा. पुण्य रेग्मीले यस बिषयसंँग सम्बन्धि विज्ञ, जानकार, नीति निर्माताको सहभागितामा हुने कन्क्लेभमा दुई विश्वविद्यालयको सहकार्यले थप निकास निस्कने बताउनु भयो । 

यस्तै सम्मेलनमा प्यालन छलफल, प्राविधिकहरूको सत्र, नगरपालिका प्रमुखहरुले फोहर व्यवस्थापनमा झेलिरहेका समस्या, स्नातकोत्तर विद्यार्थीहरूका प्रस्तुति, रोजगारी मेला र भर्ना, नेटवर्किङ, प्रदर्शनी, सरकारी निकायको प्यानल जस्ता विषयहरू प्रस्तुत गरिने । यसले खाद्य सुरक्षा, सरसफाई र वातावरण व्यवस्थापनमा रहेका चुनौतीहरूको समाधान गर्न सहयोग पुग्ने अपेक्षा लिइएको छ । कार्यक्रममा नेदरल्याण्डको ग्लोबल ग्राजुयट स्कुल (जीएसजीएस) तथा अन्य अन्तर्राष्ट्रिय सरोकारवालाहरूको पनि सहकार्य हुनेछ । 

पोखरा विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालयले ८० जना विद्यार्थीलाई फोहर व्यवस्थापन, खाद्य सुरक्षा तथा सरसफाइजस्ता विषयमा स्नातकोत्तरसम्मको शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ । अहिलेसम्म ३० जना पास आउट भइसकेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. रेग्मीले बताउनु भयो ।

काठमाडौँ विश्वविद्यालयका प्रा.डा. विमप्रसाद श्रेष्ठले २ दिने कन्क्लेभ पश्चात् घोषणापत्र जारी गरिने बताउनु भयो । 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -