Thursday, November 28, 2024
घरसमाचारपहाडी भेगमा मेघ गर्जनसहितको वर्षाको सम्भावना

पहाडी भेगमा मेघ गर्जनसहितको वर्षाको सम्भावना

काठमाडौं । मुलकभरका पहाडी क्षेत्रमा आंशिकदेखि समान्य बदली हुने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी प्रदेशका केही पहाडी भू–भागमा मेघ गर्जनसहित हल्का वर्षा हुने छ ।

अन्य पहाडी भेगका एक दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । बाँकी भेगको मौसम भने समान्यत सफा रहने विभागको पूर्वानुमान छ ।

आज राती पहाडी क्षेत्रमा आंशिक बदली हुने महाशाखाको अनुमान छ । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३१ दशमलव २ डिग्री पुग्ने अनुमान गरिएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/२५ देखि २०८०/१२/२७ जारी समय: विहान ०६:०० बजे

मौसम विश्लेषण (Meteorological Analysis):

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।

 हाल मौसमको अवस्था (Present Weather Status):

कोशी प्रदेश, मधेश प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहको छ।

  २०८० चैत २५ गते (आईतबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेश साथै मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी  प्रदेश तथा लुम्बिनी  प्रदेशको पूर्वी भु-भागका तराईका केही स्थानहरुमा हावा-हुरीको सम्भावना रहेको छ ।

राती:  देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। कोशी र गण्डकी  प्रदेशका पहाडी भू-भागका  एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 २०८० चैत २६ गते (सोमबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। देशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती:  कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भू-भागका  एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०८० चैत २७ गते (मंगलबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने छ। देशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती:  देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भू-भागका  एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।कोशी प्रदेश साथै मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी  प्रदेश तथा लुम्बिनी  प्रदेशको पूर्वी भु-भागका तराईका केही स्थानहरुमा हावा-हुरीको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

नोटːमौसम पूर्वानुमानमा प्रयोग हुने शब्दावली बारे बुझ्न यहाँ  क्लिक गर्नुहोला।  

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -