२०८२ बैशाख १६ गते, मंगलवार ०३:४४

दुर्गा प्रसाईं पक्राउ

काठमाडौ/राजसंस्थावादी आन्दोलनको अगुवाइ गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। नेपाल प्रहरीको अनुरोधमा आसाम प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरिरहँदा, उनले आफैं प्रहरीसमक्ष आत्मसमर्पण गरेका जानकारी पारिवारिक स्रोतले दिएको छ।

सो घटनाबारे जानकारी दिँदै सामाजिक सञ्जालमा अपडेट गरिएको छ कि आसाम प्रहरीले उनलाई पूर्वी नाका काँकरभिट्टामा नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने तयारी गरिरहेको छ।

गत चैत १५ गतेको राजसंस्थावादी आन्दोलनपछि दुर्गा प्रसाईं वेपत्ता भएका थिए। उनले बारम्बार सामाजिक सञ्जालमा भिडियो सन्देश मार्फत आफ्नो ज्यानलाई खतरा भएको कुरा सार्वजनिक गरेका थिए। बुधबार उनले अर्को भिडियो सन्देश जारी गर्दै २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट गर्न तयार रहेको बताएका थिए।

प्रतिक्रिया लेख्नुहोस्