काठमाडौं । नेपाल विद्युत् प्राधिकरणबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिटमाथि आज तेस्रो दिनपनि सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा मंगलबारदेखि जारी बहस बुधबार पनि नसकिएपछि दुवै निवेदन हेर्दाहेर्दैमा राखिएको थियो । जसअनुसार आज पनि सुनुवाइ हुने भएको हो । सरकारले यहि चैत ११ गते कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।
त्यसपछि कुलमानले आफ्नो पदावधि पदावधि ४ महिना बाँकी छँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै सर्वोच्चमा पुर्ननियुक्तिका लागि अन्तरिम आदेश माग गरेका छन् । उता हितेन्द्रले कुलमानको नियुक्ति नै गलत भएको जिकिर गर्दै ४ वर्षअघि आफूले दायर गरेको रिटमा पहिले निर्णय हुनुपर्ने माग गरेका छन् ।
बुधबार हितेन्द्रदेव शाक्यका तर्फबाट कानुन व्यवसायीले बहस गरेका थिए । अब बाँकी सरकारी वकिल र हितेन्द्रदेवका कानुन व्यवसायीले बहस गर्न बाँकी छ । सरकार र हितेन्द्र पक्षका कानुन व्यवसायीले बहस सकेपछि कुलमानका तर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि सर्वोच्चले आदेश दिनेछ ।

संयुक्त आन्दोलन समितिले राष्ट्रिय झण्डा सहित उपस्थित भएर राप्रपालाई सघाउने
काठमाडौं /यही चैत्र २६ गते हुने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)