२०८१ चैत्र २४ गते, आईतवार २०:४५

वीरगंज/सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लागू औषध ओनरेक्स कफ सिरप सहित एक किशोरलाई पक्राउ गरिएको छ।

सशस्त्र प्रहरीका अनुसार, बुधबार साँझ ५:५५ बजे वीरगञ्जस्थित सशस्त्र प्रहरी बल गुल्मबाट खटिएको टोलीले भारतको रक्सौलबाट टाँगामा वीरगञ्जतर्फ आउँदै गरेका एक किशोरलाई शंका लागि जाँच गर्दा लागू औषध फेला परेको हो। पक्राउ पर्ने किशोर बारा जिल्लाको महागढीमाई नगरपालिका-१४, भौरा निवासी १३ वर्षीय चन्दन सहनी रहेको बताइएको छ।

सहनीले बोकेको सेतो बोराको झोलामा माथिबाट आलु राखेर लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा ५० बोतल (१०० मि.लि.) ओनरेक्स कफ सिरप (CODEINE PHOSPHATE & TRIPROLIDINE HYDROCHIORIDE SYRUP) बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ परेका किशोरलाई बरामद लागू औषधसहित आवश्यक कानुनी कारबाहीका लागि प्रहरी चौकी इनर्वा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो।

सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा लागू औषध ओसारपसार नियन्त्रण गर्न कडाइ गरेको छ। पछिल्लो समय बालबालिकालाई प्रयोग गरी अवैध रुपमा लागू औषध ओसारपसार गर्ने गिरोह सक्रिय भएकाले प्रहरीले निगरानी बढाएको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

शुद्ध भन्छन्, हड्डी खुवाउँछन्! — जिम्बू थकालीको गम्भीर लापरवाही, शाकाहारी ग्राहकलाई दालमा चिकेनको हड्डी

काठमाडौं, नयाँ बानेश्वर — राजधानीको प्रतिष्ठित भनिएको “जिम्बू थकाली” रेष्टुरेन्टमा

शुद्ध भन्छन्, हड्डी खुवाउँछन्! — जिम्बू थकालीको गम्भीर लापरवाही, शाकाहारी ग्राहकलाई दालमा चिकेनको हड्डी

काठमाडौं, नयाँ बानेश्वर — राजधानीको प्रतिष्ठित भनिएको “जिम्बू थकाली” रेष्टुरेन्टमा