२०८१ चैत्र २१ गते, बिहीबार ०२:५३

वेबसाइटमा निर्माण कार्य भइरहेको छ । साइट भिजिट गरिरहनु होला । धन्यवाद

शुक्रबार भएको हिंसात्मक घटनाप्रति परिसंघको विरोध

१६ चैत, काठमाडौं । शुक्रबार निजी सम्पत्ति तथा संचारगृहमा भएको तोडफोड, आगजनी, तथा व्यावसायिक प्रतिष्ठानमा भएको लुटपाटको घटना प्रति नेपाल उद्योग परिसंघले दुःख व्यक्त गरेको छ ।

विभिन्न माग राखी आन्दोलन, प्रदर्शन गर्दा आम सर्वसाधारण, विभिन्न पेशा, व्यवसायमाथि भौतिक आक्रमण, व्यक्तिगत सम्पत्तिमाथि आगजनी, व्यवसायिक प्रतिष्ठानमा तोडफोड एवं लुटपाट जस्ता कार्य जहिले पनि निन्दनीय हुने परिसंघको भनाइ छ ।

निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड तथा आगजनी, लुटपाट जस्ता अराजक गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याई सुरक्षित रूपमा व्यापार, व्यवसाय, पेशा गर्न पाउने अधिकारलाई सुरक्षित बनाउन परिसंघले माग गरेको छ ।

साथै, यस प्रकारका घटना दोहोरिन नदिन परिसंघले सम्बन्धित सबैमा अपिल समेत गरेको छ ।

विभिन्न माग राखी आन्दोलन, प्रदर्शन गर्न पाउने अधिकार सुरक्षित भएता पनि यस्ता कार्यले अरु कसैको अधिकार हनन् गर्न हुँदैन भन्नेतर्फ समेत सचेत हुन सम्बन्धित सबैलाई परिसंघले आग्रह गरेको छ । परिसंघले शुक्रबारको घटनामा परी निधन भएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्