२०८१ चैत्र २१ गते, बिहीबार ०३:१४

वेबसाइटमा निर्माण कार्य भइरहेको छ । साइट भिजिट गरिरहनु होला । धन्यवाद

संसद पुग्यो धवल शम्शेर पक्राउ परेको सूचना

१६ चैत, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवल शम्शेर राणा पक्राउ परेको सूचना संसद सचिवालय पुगेको छ ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सांसद पक्राउ परेको सम्बन्धी सूचना प्राप्त भएको जानकारी दिए ।

संविधानको धारा १०३ को उपधारा ३ मा सांसद पक्राउको सूचना सभामुखलाई दिनुपर्ने व्यवस्था छ । यसअनुसार प्रहरीले सांसदलाई पक्राउ गरेको सूचना सभामुख र संसद सचिवालयलाई दिएको हो ।

यस्तो सूचना प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली अनुसार सभामुखले संसदमा जानकारी दिनुपर्छ । संसद नभएको अवस्थामा सूचना पाटीमा पक्राउ भएको सूचना प्रकाशित गराउनुपर्छ । प्रतिनिधि सभाको बैठक आइतबार बिहान ११ बजे बस्दैछ ।

शवलशमशेर राणा राजावादीको प्रदर्शनका नाममा भएको हिंसात्मक गतिविधि गराउन भूमिका खेलेको आरोपमा पक्राउ परेका हुन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्