२०८१ चैत्र २१ गते, बिहीबार ०३:०४

वेबसाइटमा निर्माण कार्य भइरहेको छ । साइट भिजिट गरिरहनु होला । धन्यवाद

आईपीएल क्रिकेट : कोलकाता र लखनउबीचको खेल दुई दिन पछाडि सारियो

१६ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत अर्को साता हुने तय रहेको कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्सबीचको खेल सारिएको छ ।

कोलकाताको इडेन गार्डेन्समा अप्रिल ६ (चैत २४) का लागि तय भएको खेल अब अप्रिल ८ (चैत २६) मा हुनेछ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले कोलकाता पुलिसको अनुरोधमा खेल सारेको हो ।

कोलकाता प्रहरी र बंगाल क्रिकेट संघले राम नवमी पर्वका कारण सहरभरि सुरक्षाका लागि प्रहरी खटिने र त्यस दिन मैदानमा प्रहरी बल कम हुनसक्ने भन्दै बीसीसीआईलाई मिति सार्न अनुरोध गरेपछि यो निर्णय गरिएको हो।

‘अधिकारीहरूले खेल अप्रिल ८ मंगलबार दिउँसो ३:३० बजेका लागि सार्न सिफारिस गरेका छन् र अनुरोधलाई स्वीकार गरिएको छ। बाँकी तालिका यथावत् रहनेछ,’ बीसीसीआईको विज्ञप्तिमा उल्लेख छ।

यसअघि यो खेल अप्रिल ६ तारिखको आइतबार हुने दोहोरो खेलमध्ये एक थियो । अब उक्त दिन बेलुकाको सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबीचको खेल मात्र हुनेछ ।

खेल सारिएको दिन मंगलबार भने दिउँसो कोलकाता र लखनउबीचको खेल भएर बेलुकी तालिका अनुसार नै पञ्जाब किङ्स र चेन्नई सुपर किङ्स खेल्नेछन्।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्