२०८१ चैत्र २१ गते, बिहीबार ०३:१४

वेबसाइटमा निर्माण कार्य भइरहेको छ । साइट भिजिट गरिरहनु होला । धन्यवाद

१७ वर्षपछि चेन्नईको घरेलु मैदानमा बेंगलुरुको प्रभावशाली जित

१५ चैत, काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा बेंगलुरुले चेन्नई सुपर किङ्सलाई ५० रनले हराएको हो ।

बेंगलुरुले दिएको १९७ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो । रचिन रविन्द्रले सर्वाधिक ४१ रन बनाए । एमएस धोनी ३० रनमा अविजित रहे भने रविन्द्र जडेजाले २५ रन बनाए ।

बेंगलुरुका लागि जोश हेजलवूडले ३ विकेट लिँदा यश दयाल र लियाम लिभिङस्टोनले २-२ तथा भुवनेश्वर कुमारले १ विकेट लिए ।

दोस्रो ओभरमै ८ रन जोड्दा २ विकेट गुमाएपछि चेन्नई सुरुवातदेखि नै दबाबमा आएको थियो । त्यसपछि रचिनले सम्हालिने प्रयास गरेपनि अन्यबाट साथ पाउन सकेनन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंगलुरुले कप्तान रजत पाटिदारको अर्धशतक तथा टिम डेभिडको फिनिसिङ मद्दतमा २० ओभरमा ७ विकेट गुमाएर १९६ रन बनाएको थियो ।

पाटिदारले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५१ रन बनाए । फिल साल्टले ३१, विराट कोहलीले ३१ तथा डेभिडले अविजित २२ रन बनाएका थिए ।

चेन्नईका नूर अहमदले ३ विकेट लिँदा मथिसा पाथिरानाले २ तथा रविचन्द्रन आश्विन र खलील अहमदले १ विकेट लिए ।

चेन्नईको घरेलु मैदानमा चेपोक अर्थात् एमए चिदाबरम रंगशालामा १८ वर्षपछि पहिलोपटक जित निकालेको हो । पछिल्लोपटक बेंगलुरुले पहिलो संस्करणमा २००८ मा चेन्नईलाई घरेलु मैदानमा हराएको थियो ।

यस जितसँगै २ खेलमा ४ अंकसहित चेन्नई अंकतालिकामा शीर्षस्थानमा उक्लिएको छ भने चेन्नई २ खेलमा २ अंकसहित सातौं स्थानमा झरेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्