२०८१ चैत्र २१ गते, बिहीबार ०१:५६

वेबसाइटमा निर्माण कार्य भइरहेको छ । साइट भिजिट गरिरहनु होला । धन्यवाद

बालुवाटारमा प्रधानमन्त्रीले गरे चारै सुरक्षा निकायका प्रमुखसँग छलफल

१५ चैत, काठमाडौं । शुक्रबार राति मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् ।

राजावादी समूहको प्रदर्शनले हिंसात्मक रुप लिएपछि सिर्जित भएका घटनाक्रमबारे उनले सुरक्षा अधिकारीहरुसँग ब्रिफिङ लिएका हुन् ।

छलफलमा गृहमन्त्री रमेश लेखकसँगै प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रमुख दिपक थापा, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी थिए ।

त्यसक्रममा उनीहरुले राजावादी समूहका प्रदर्शनकारीले प्रहरीलाई समेत उक्साउने किसिमले गतिविधि गरेको ब्रिफिङ गरेको एक अधिकारीले बताए ।

सुरक्षा अधिकृतहरुले मृतक दुई जनामध्ये एक जनाको गोली लागेर ज्यान गएको र एभिन्यूज टेलिभिजनका पत्रकारको राजावादीले निरन्तर ढुंगा हान्दा ज्यान गएको प्रधानमन्त्रीलाई सुनाएका छन् । घटनामा २२ जना घाइते भएका छन् ।

प्रधानमन्त्रीलाई भएको ब्रिफिङ अनुसार, शुक्रबार स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससँगै हवाई फायर समेत गरेको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्