११ चैत, काठमडौं । कालिमाटीमा भएको ग्याङ फाइटमा परेर एक युवकको मृत्यु भएको छ ।
सोमबार साँझ होलिको विषयमा विवाद हुँदा कलंकीको एलआएआई स्कुल नजिकै दुई समूहबीच भिडन्त भएको थियो ।
उक्त भिडन्तमा परेर २२ वर्षीय अभय गोले गम्भीर घाइते भएका थिए । घाइते गोलेलाई तत्कालै उपचारका लागि शहिद मेमोरियल अस्पताल पुर्याइएको थियो ।
उनको त्यहाँ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।