Friday, March 28, 2025
घरसमाचारडेनमार्कको चुनौती पन्छाउँदै पोर्चुगल नेसन्स लिगको सेमिफाइनलमा

डेनमार्कको चुनौती पन्छाउँदै पोर्चुगल नेसन्स लिगको सेमिफाइनलमा

११ चैत, काठमाडौं । पोर्चुगल युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा डेनमार्कलाई ५-२ ले हराउँदै समग्रमा ५-३ को जितसहित पोर्चुगल सेमिफाइनलमा पुगेको हो ।

पहिलो लेगमा १-० ले पछि परेको पोर्चुगलले गएराति निर्धारित ९० मिनेटको खेलमा ३-२ को जित निकालेपनि समग्रमा बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयमा पोर्चुगलले थप २ गोल गर्‍यो र ५-३ को जित निकाल्न सफल भयो । पोर्चुगलको जितमा फ्रान्सिस्को ट्रिनकाओले २ गोल गर्दा क्रिस्टियानो रोनाल्डो, गोन्सालो रामोसले १-१ गोल गरे । एक गोल उपहार पाएको थियो । डेनमार्कका रासमस क्रिस्टेनसेन र क्रिस्चियन एरिक्सनले १-१ गोल गरे ।

खेलको ३८औं मिनेटमा जोएकिम एन्डरसनसको आत्मघाती गोलमार्फत पोर्गुगलले अग्रता लिएको थियो । पहिलो हाफमा १ गोल मात्र भएपनि बाँकी समय खेल रोमाञ्चक रह्‍यो ।

दोस्रो हाफको ५६औं मिनेटमा क्रिस्टेनसनले गोल फर्काएपछि खेल बराबरीमा आएको थियो । ७२औं मिनेटमा रोनाल्डोले गोल गर्दै पुन: अग्रता दिलाए र समग्रमा बराबरी गराए ।

लगत्तै ७६औं मिनेटमा एरिक्सनले गोल गरेपछि डेनमार्कले खेल बराबरी गर्दै समग्रमा अग्रता लियो । ८६औं मिनेटमा ट्रिनकाओले गोल गरेपछि पोर्चुगलले ३-२ को अग्रता बनाउँदा समग्रमा ३-३ भयो ।

त्यसपछि अतिरिक्त ३० मिनेट थप गरियो जहाँ ९१औं मिनेटमा ट्रिनकाओले गोल गरे भने ११५औं मिनेटमा रामोसले गोल गर्दै पोर्चुगललाई ५-३ को जित दिलाए ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -