Tuesday, March 25, 2025
घरसमाचारपोखरा मोटर र्‍याली सम्पन्न

पोखरा मोटर र्‍याली सम्पन्न

९ चैत, पोखरा । गण्डकी अटोमोबाइल्स संघको आयोजनामा पोखरा मोटर र्‍याली २०२५ भव्य रूपमा सम्पन्न भएको छ । र्‍याली वाडा अटो शोको विशेष कार्यक्रमको रूपमा आयोजित गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय बिन्दु कुमार थापाले गरेका थिए । अटोमोवाइल क्षेत्रमा क्रियाशील नेपाल अटोमोबाइल्स एसोसिएसनको गण्डकी प्रदेश संघ गण्डकी अटोमोबाइल्स संघको आयोजनामा भएको रोमाञ्चक प्रतिस्पर्धा र उत्कृष्ट प्रदर्शनले भरिएको यो मोटर र्‍यालीमा ७३ जना प्रतिस्पर्धीले नाम दर्ता गराएका थिए । जसमा ५३ जना पुरुष र २० महिला ड्राइभरहरूले भाग लिएका थिए ।

प्रतियोगितामा पुरुष क्याटेगोरीमा शोभित मान बुद्धाचार्य (ड्राइभर) र सुशिन लामा (नेभिगेटर) ले प्रथम स्थान प्राप्त गरे । त्यस्तै, दोस्रो स्थान सुमन बिजुक्छे र रोजिना रञ्जित बिजुक्छेले हासिल गरे भने, सुनिल श्रेष्ठ र अनिल श्रेष्ठ तेस्रो स्थानमा रहे । महिला क्याटेगोरीमा तिसा जोशी र रेजिना श्रेष्ठले प्रथम स्थान हासिल गरे । रोमिका बुद्धाचार्य र चिरायु शेरचन दोस्रो स्थानमा रहे भने, शोभा केसी र सरोज कायस्थ तेस्रो स्थानमा रहे ।

यस मोटर र्‍यालीलाई नेपाल अटोमोबाइल्स एसोसिएसनको मार्शल तथा ट्रेनिङ्ग कमिसनबाट प्रशिक्षित मार्शलहरूले व्यवस्थित रूपमा सञ्चालन गरेका थिए । प्रतियोगिताले पोखराको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनुका साथै मोटरस्पोट्र्सका प्रतिभाहरूलाई उजागर गर्ने अवसर प्रदान गरेको जनाइएको छ ।

यस र्‍यालीको उद्देश्य साहसिक खेलकुद, ड्राइभ टुरिजम र महिला सशक्तिकरण रहेको कुरा गण्डकी अटोमोबाइल्स संघका अध्यक्ष शिव श्रेष्ठले बताए ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -