९ चैत, काठमाडौं । फिफा विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा विश्वविजेता टोली अर्जेन्टिनाले नवौं जित निकालेको छ ।
शनिबार विहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० गोलअन्तरले हराएको हो । अर्जेन्टिनाको जितमा दोस्रो हाफमा भएको एकमात्र गोल निर्णायक बन्यो ।
६८औं मिनेटमा थियागो अल्माडाले जुलियन अल्भारेजको पासमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । त्यही गोल अर्जेन्टिनाको जितमा निर्णायक बन्यो ।
यस जितसँगै दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले १३ खेलमा २८ अंक जोड्दै शीर्षस्थानमा कायमै छ । उरग्वे २० अंकसहित २०औं स्थानमा छ ।