८ चैत, काठमाडौं । युइएफए नेसन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा स्पेन र नेदरल्याण्ड्सले रोमाञ्चक बराबरी खेलेका छन् ।
गएराति भएको खेलमा स्पेन र नेदरल्याण्ड्सले २-२ गोलको बराबरी खेलेका हुन् । खेलमा सुरुवाती अग्रता लिएर पनि गुमाएको स्पेनले अन्तिम समयमा गोल गर्दै हार टारेको हो ।
खेलको नवौं मिनेटमा निको विलियम्सको गोलमा स्पेनले अग्रता लिएको थियो । २८औं मिनेटमा कोडी गाक्पोले डच टिमका लागि बराबरी गोल फर्काए ।
दोस्रो हाफको ४६औं मिनेटमा जानी रेन्जर्सले गोल गरेपछि खेलमा नेदरल्याण्ड्सले अग्रता लियो । ८१औं मिनेटमा जोरेल हाटोले रातो कार्ड पाएपछि अन्तिम केही समय डच टिम १० खेलाडीमा सीमित भयो ।
खेलको इन्जुरी समयको तेस्रो मिनेटमा मिकेल मेरिनोले गोल गर्दै स्पेनको हार टारे ।
अब दोस्रो लेगको खेल आउँदो सोमबार हुनेछ ।