Saturday, March 22, 2025
घरसमाचारबीस लाख किसानलाई परिचयपत्र वितरण गरिँदै

बीस लाख किसानलाई परिचयपत्र वितरण गरिँदै




मङ्गलबारे (इलाम) । कृषि तथा पशुपन्छी विकास मन्त्री रामप्रसाद अधिकारीले २० लाख किसानलाई चाँडै परिचयपत्र वितरण गरिने बताउनुभएको छ । 

इलामको रोङ गाउँपालिकाले आयोजना गरेको गुरु किसान घोषणा तथा कृषि प्रशोधन उद्योगको आज उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

रोङ गाउँपालिकाले थालेको गुरु किसान कार्यक्रम देशभर विस्तार गर्नुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले गाउँपालिकाबाट सञ्चालित यस्तो कार्यक्रम सङ्घीय सरकारले पनि सञ्चालन गर्नुपर्ने बताउनुभयो । 

कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी विकास मन्त्री खगेन लिम्बूले कृषि क्षेत्रको विकासका लागि पर्याप्त बजेट विनियोजन हुनुपर्ने बताउनुभयो । 

रोङ गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले  पहिलो पटक एक सय २१ जना गुरु किसान छनोट गरिएको जानकारी दिनुभयो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -