Sunday, March 23, 2025
घरसमाचारहाहाहुहु गर्दैमा व्यवस्था परिवर्तन हुँदैन : प्रधानमन्त्री ओली

हाहाहुहु गर्दैमा व्यवस्था परिवर्तन हुँदैन : प्रधानमन्त्री ओली

७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनता चनाखो रहेकाले लोकतान्त्रिक व्यवस्था हटाएर उथलपुथल हुन नसक्ने दाबी गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले हाहाहुहु गर्दैमा व्यवस्था परिवर्तन हुन नसक्ने टिप्पणी गरे ।

‘केही मान्छेहरूलाई भ्रम छ नेपालमा पनि अरु केही देशहरूमा जस्तै उथलपुथल हाहाहुहु गरेको भरमा हुन्छ भन्ने,’ ओलीले भने, ‘नेपाली जनता धेरै लामो समय संघर्ष गरेर एउटा सचेतनाका साथ यहाँ आइपुगेका छन् । त्यसकारण लोकतन्त्रलाई सुदृढ गर्ने कुरामा नेपाली जनता पर्याप्त चनाखो छन् ।’

अबको प्रश्न लोकतन्त्रलाई कसरी व्यवहारिक रुपमा सुदृढ गर्ने ? भन्ने प्रश्न रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

‘हेर्दाहेर्दै दरबार हत्यकाण्ड जस्ता काण्डहरू भए, सत्ता हत्याउने काम भए । सत्ता हत्याएर समाचार वाचकका पछि बन्दुक उभ्याउने काम भए,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘लोकतन्त्र कहाँ बच्यो ? ति दिन नदेखेका मान्छे, त्यस जमानामा नजन्मिएको मान्छे अहिले यो भएन, त्यो भएन, तानाशाही भयो, अधिनायकवाद भयो भन्छन् । के अधिनायकवाद भन्नेकुरा भेगेकै छैनन् । हामी डेमोक्रेटिक सिस्टममा छौँ । यसमाथि धावा बोल्ने ?’

जनताले सिंहदरबारको सरकार गाउँ गाउँमा मात्रै पुग्यो र सिंहदरबारका भ्रष्टाचारहरू पनि गाउँमा पुगेको भन्दै टिप्पणी गर्ने गरेको बताए ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -