Wednesday, March 19, 2025
घरसमाचारनेपाली महिला क्रिकेट टोली स्वदेश फर्कँदै

नेपाली महिला क्रिकेट टोली स्वदेश फर्कँदै

५ चैत, काठमाडौं । युगाण्डामा सम्पन्न चार देश सम्मिलित वुमन्स डे कपमा सहभागी भएर नेपाली महिला क्रिकेट टोली स्वदेश फर्कँदै छन् । नेपालका लागि प्रस्थान गरिसकेका उनीहरू बुधबार विहान नेपाल आइपुग्ने छन् ।

चार देश सम्मिलित प्रतियोगितामा नेपाल चौथो भएको थियो । समूह चरणमा २ खेल जितेको नेपाल तेस्रो स्थानको खेल रद्द हुँदा अंकतालिकाका आधारमा चौथो भएको हो ।

समूह चरणका ६ खेलमध्ये २ खेल मात्र जितेको नेपालको ४ अंक थियो । तेस्रो स्थानमा रहेको हङकङको ६ अंक थियो । यी दुई टोलीबीच तेस्रो स्थानका लागि छुट्टै अर्को खेल हुने तालिका थियो तर वर्षाका कारण खेल रद्द भएको हो ।

नेपालले डबल राउण्ड रोबिनका आधारमा खेलिएको समूह चरणमा युगाण्डा र हङकङलाई एक-एकपटक हराएको थियो भने त्यही टोलीसँग पराजित हुँदा नामिबयासँग २ पटक नै पराजित भएको थियो ।

यस वुमन्स डे कपको उपाधिका लागि घरेलु टोली युगाण्डा र नामिबियाबीच अहिले खेल भइरहेको छ । समूह चरणमा युगाण्डाले ६ खेलमा ८ अंक जोड्दा नामिबियाले ६ खेलमा ६ अंक जोड्दै दोस्रो भयो ।

नेपाली टोली यसअघि घरेलु मैदानमै भएको थाइल्याण्ड र नेदरल्याण्ड्ससँगको त्रिदेशीय शृंखलामा जितविहीन बनेको थियो । अब अप्रिलमा नेपाली टोली भुटानमा गएर खेल्ने तय छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -