Thursday, March 13, 2025
घरसमाचारहिमा गाउँपालिकामा रेडियो नेपालको स्थलगत बहस सम्पन्न

हिमा गाउँपालिकामा रेडियो नेपालको स्थलगत बहस सम्पन्न

जुम्ला ।जुम्लाको हिमा गाउँपालिकामा रेडियो नेपालको स्थलगत बहस कार्यक्रम सम्पन्न भएको छ । बुधबार हिमा गाउँपालिकामा शिक्षा र स्वास्थ्य केन्द्रित रेडियो नेपालको स्थलगत बहस कार्यक्रम सम्पन्न भएको हाे ।

शिक्षा र स्वास्थ्यसँग सरोकार राख्ने पालिकाका सरोकारवाला व्यक्तिको बाक्लो उपस्थितिमा पालिकाले शिक्षा स्वास्थ्य क्षेत्रका गरेको नमुना अभ्यास,अवसर र चुनौतीका गहन छलफल गरिएको रेडियो नेपालका उप-निर्देशक गाेर्कण रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार बहसमा गाउँपालिका अध्यक्षले स्वास्थ्य शिक्षा क्षेत्रमा पालिकाले गरेका कामका विषयमा जानकारी गराएका थिए । भने उपस्थिति नागरिकले शिक्षा स्वास्थ्य सुधारका सवालमा आवश्यक प्रश्न तथा जिज्ञासा राखेका थिए ।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले न्यून स्रोत साधनका बीच पनि पालिकाको शैक्षिक तथा स्वास्थ्यकाे स्थिति सुधारमा उल्लेखीय काम गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,’पालिकामा स्रोत सीमित छ । काम गर्नु पर्ने क्षेत्र धेरै छन् । तर पनि नागरिककाे चाहना र आवश्यकतालाई मध्यनजर गरी पालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रलाई माथि उकास्न अभ्यास गरिरहेका छाै ।’

हिमाले जिल्लामै पहिलो पालिकास्तरीय पढाइ मेलाको आयोजना गर्दै आएको छ । जसले बालबालिकाको अन्तर्निहित सिपलाई समेत प्रदर्शन हुने गरेको छ ।

स्थलगत बहसले पालिकाका राम्रा कामकाे चर्चा गर्ने,अवसर र चुनौतीका विषयमा सबै सामु छलफल गर्ने वातावरण सृजना गरेकोमा पालिका अध्यक्ष शाहीले रेडियो नेपाललाई धन्यवाद समेत दिनुभयो ।

रेडियो नेपालका वरिष्ठ कार्यक्रम अधिकृत हरि गिरीले स्थानीय तहसँग शिक्षा र स्वास्थ्य केन्द्रित स्थलगत बहस कार्यक्रमका लागि जिल्ला जिल्लामा पुगेको बताउनुभयो ।

साथै बहस कार्यक्रमको रेडियो नेपालका अनन्त बरालले सहजीकरण गर्नु भएको थियो ।उहाँका अनुसार जुम्लाका पालिका सहित मुगु पुगेर पनि बहस गरिने भएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -