Tuesday, March 11, 2025
घरसमाचारविराट गोल्डकपको फाइनलमा चर्च ब्वाइज र थ्रीस्टार भिड्ने

विराट गोल्डकपको फाइनलमा चर्च ब्वाइज र थ्रीस्टार भिड्ने

२५ फागुन, विराटनगर । विराटनगरमा जारी नवौं संस्करणको विराट गोल्डकपको उपाधिका लागि सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार क्लब भिड्ने भएका छन् ।

विराटनगर शहीद मैदानमा सोमबार भएको दोस्रो सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्बललाई १–० गोलले हराउँदै चर्च ब्वाइजले थ्रीस्टारसँगको भेट पक्का गरेको हो ।

चर्च ब्वाइजको जितमा लाक्पा पाख्रिनले गरेको गोल नै निर्णायक बन्यो । विदेशी खेलाडी एबायोमीले निकालेको लामो पासलाई लाक्पाले ७०औं मिनेटमा गोल गरेका थिए ।

थ्रीस्टार क्लब आइतबार नै विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–२ गोलले पराजित गर्दै उपाधि नजिक पुगेको थियो ।

फाइनल खेल बुधबार हुनेछ । विराट गोल्डकपको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -