Monday, March 10, 2025
घरसमाचारराष्ट्रियसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो ।

बैठकमा सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको शुन्य र विशेष समयमा सांसदहरुले उठाउनुभएको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सभाध्यक्ष दाहालले सांसदहरुले उठाउनुभएको महिला, बालबालिका, हत्या, हिंसा, बलात्कार, शिक्षक आन्दोलन, दलित, आदिवासी जनजाति र किसानका समस्या एवं सुशासन,सेवा प्रवाहका विषयमा ध्यानाकर्षण गराउनुहुँदै सभामा उपस्थित भई जवाफ दिन सरकार र सम्बन्धित मन्त्रीहरूलाई आग्रह गर्नुभयो ।

यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सासंदहरुले महिला हिंसा, बढ्दो बलात्कार र हत्याका घटनाको अन्त्यका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

बैठकमा सांसद कमला देवी पन्तले पैतृक सम्पत्तिमा छोराछोरीको समान हक लाग्ने विषय २०६३ सालमा संसदबाट सङ्कल्प प्रस्ताव पास भएको भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको र मुद्दा गरेर मात्रै पैतृक सम्पत्ति पाउनुपर्ने अवस्था आउनु दुखद भएको बताउनुभयो ।

सांसद जयन्तीदेवी राईले समाजमा छाउपडी, बोक्सी, बादी, दाइजो जस्ता विभिन्न बहानामा महिलाले हिंसा खेप्नु परिरहेको भन्दै यस्ता गलत संस्कृति परम्परा अन्त्य गर्न अभियानकै रूपमा राज्य र सबै लाग्नुपर्ने बताउनुभयो ।

यस्तै सांसदहरूले पूर्व राजा ज्ञानेन्द्र शाहको गतिविधिप्रति आपत्ति जनाउँदै लोकतन्त्र विरोधी गतिविधि रोक्न सरकारको ध्यानाकर्षण गराउनु भयो । 

सांसदहरुले देश बजेट ल्याउने समयमा आइपुगेको, देशमा पूँजीगत खर्च ५० प्रतिशत पनि हुन नसकेको, राजस्वको निर्धारित लक्ष्यमा पुग्ने अवस्था नरहेको  र ऋण बढिरहेको अवस्थामा संकट अन्त्यका लागि सरकारले राष्ट्रिय सहमति खोजेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

सांसदहरुले अहिलेको शिक्षा प्रणाली सुधारका लागि शिक्षा ऐन तत्काल ल्याउन सरकारसँग माग समेत गर्नुभयो । 

राष्ट्रिय सभाको अर्को बैठक चैत्र ४ गते सोमबार दिनको १:१५ बजे बस्नेछ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -