Sunday, March 9, 2025
घरसमाचारविराट गोल्डकपको सेमिफाइनल समीकरण पूरा  

विराट गोल्डकपको सेमिफाइनल समीकरण पूरा  

२५ फागुन, विराटनगर । ९औं संस्करणको विराट गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ ।

शनिबार विराटनगरको शहीद रंगशालामा भएको अन्तिम क्वाटरफाइनल खेलमा एनआरटी क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज अन्तिम चारमा प्रवेश गरेपछि सेमीफाइनल समिकरण पूरा भएको हो ।

यसअघि नेपाल पुलिस, थ्रीस्टार र विभागीय टिम त्रिभूवन आर्मी सेमिफाइनलमा पुगिसकेका छन् । चर्च ब्वाइजले फाइनल प्रवेशको लागि सोमबार नेपाल पुलिससँग खेल्नेछ ।

चर्च ब्वाइजको जितको लागि विदेशी खेलाडी रिचर्ड र आकाश राईले गोल गरेका थिए । खेलको ३५ औं मिनेटमा चर्च ब्वाइजले अग्रता लिएको थियो । लाक्पा पाख्रिनको पासमा रिचर्डले चलाखीपूर्ण ढंगले पोस्टको दिशा दिएका थिए । चर्च ब्वाइजका लागि दोस्रो गोल ६४औं मिनेटमा  आकाशले गरे । दोस्रो हाफपछि चन्दन दासको ठाउँमा आकाश मैदान प्रवेश गरेका थिए ।

जितसँगै चर्च ब्वाइजले एक महिना अगाडि धरानमा सम्पन्न भएको २५औं संस्करणको बुढासुब्बा गोल्डकपको फाइनलमा हारको बदला पनि विराट गोल्डकपमा आएर लिएको छ । २७ माघमा सम्पन्न बुढासुब्बा गोल्डकपको फाइनलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै एनआरटीले उपाधि उचालेको थियो ।

एनआरटी र चर्च ब्वाइज युनाइटेडको यो सिजनको मोफसलमा भएको फुटबल प्रतियोगितामा चौथो पटकको भेट हो । जसमध्ये दुई एनआरटी र दुई चर्च ब्वाइजले जितेको छ ।

आइतबारको पहिलो सेमिफाइनल खेल विभागीय टिम त्रिभूवन आर्मी र थ्रीस्टारबीच हुनेछ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -