Monday, March 10, 2025
घरसमाचार‘गोविन्दे’ हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

‘गोविन्दे’ हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

२४, फागुन, चितवन । चितवन राष्ट्रिय निकुञ्जको जंगली ‘गोविन्दे’ हात्तीको को आक्रमणबाट पूर्वी चितवनको रत्ननगर नगरपालिका ७ मा एक जनाको मृत्यु भएको छ ।

खैरहनी नगरपालिका–९ स्थायी घर भई रत्ननगर नगरपालिका–७ बस्ने अन्दाजी ३४ वर्षीय सुरेश महतोको हात्तीको आक्रमणबाट मृत्यु भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए ।

उनलाई हात्तीले शुक्रबार रातको समयमा आक्रमण गरेको र शनिबार शव भेटिएको सूचना अधिकारी थापामगरले जानकारी दिए ।

‘गोविन्दे’ हात्तीले गत १७ असोजमा हात्ती प्रजनन केन्द्र खोरसोरका कर्मचारी ३६ वर्षीय जद्दु सिंह थारुलाई आक्रमण गरेर मारेको थियो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -