Thursday, March 6, 2025
घरसमाचारवीरगंज गोल्डकपः सङ्कटालाई हराउँदै शहलेश फुटबल क्लब सेमिफाइनलमा 

वीरगंज गोल्डकपः सङ्कटालाई हराउँदै शहलेश फुटबल क्लब सेमिफाइनलमा 




बीरगंज । वीरगंजको आदर्शनगर रङ्गशालामा जारी वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता २०८१ अन्तर्गत आज भएको खेलमा ट्राईबेकरमा सङ्कटा फुटबल क्लब काठमाडौँलाई ४ को विरुद्ध ५ गोल गरी  शहलेश फुटबल क्लब सिरहा विजयी भएको छ । 

९० मिनेटको प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले गोल गर्न नसकेपछि खेल ट्राई बेकरमा पुगेको थियो । ट्राई बेकरमा समेत खेल अत्यन्तै प्रतिस्पर्धात्मक रहेको र ट्राईबेकरमा सङ्कटालाई ४ का विरुद्ध ५ गोल गरी सिरहा विजयी भएको हो । 

ट्राईबेकरको अन्तिम गोलमा सङ्कटा क्लब चुकेसँगै प्रतियोगिताबाट बाहिरिएको छ भने शहलेश फुटबल क्लब सिरहा सेमिफाइनलमा प्रवेश गरेको  छ । 

आज सम्पन्न खेलको उत्कृष्ट खेलाडी शहलेश क्लबका गोलकिपर विशाल सुनार घोषित भएका छन् । 

भोलिको खेल नेपाल पुलिस क्लब काठमाडौँ र बागमती युवा क्लब, सर्लाही बीच हुने कार्यक्रम रहेको आयोजक भेट्रान्स सिटी क्लब वीरगञ्जका अध्यक्ष सबिन बस्नेतले जानकारी दिनुभयो । 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -