Saturday, March 1, 2025
घरसमाचारट्रम्प र जेलेन्स्कीको चर्काचर्की, खनिज सम्झौता असफल

ट्रम्प र जेलेन्स्कीको चर्काचर्की, खनिज सम्झौता असफल

१७ फागुन, काठमाडौं । अमेरिका र युक्रेनबीच हुने भनिएको खजिन सम्झौता असफल भएको छ । युक्रेनको खनिज अमेरिकाले प्रयोग गर्न पाउने गरी सम्झौता गर्ने तयारीका साथ वार्ता भए पनि असफल भएको हो ।

यसअघि अमेरिका र युक्रेनबीच खनिजसँग सम्बन्धी सम्झौता गर्न सहमति भएको थियो । यसै बैठकमा हस्ताक्षर गर्ने तयारी भए पनि ठैठक तनावपूर्ण भयो ।

युक्रेनका राष्ट्रपति जेलेन्स्की बैठक नसकी हिंडेपछि सम्झौता अघि बढ्न नसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

खनिज सम्झौता हुने निश्चित जस्तै भएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले बैठक सुरु हुनुअघ जेलेन्स्कीको प्रशंसासमेत गरेका थिए । तर, बैठक सुरु भएपछि अवस्था सामान्य रहेन ।

समाचार एजेन्सी रोयटर्सका अनुसार चर्काचर्कीसँगै ट्रम्पले नै यो सम्झौता अगाडि बढाउने पक्षमा देखिएका छैनन् ।

ह्वाइट हाउसका एक अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले ट्रम्प नै इच्छुक नभएको उल्लेख गरेको छ ।

समग्रमा दुई राष्ट्रपति बीचको बैठक पूर्णरुपमा असफल भएको छ । चर्काचर्की बढ्दै गएपछि ट्रम्पले जेलेन्स्कीलाई ‘तेस्रो विश्वयुद्ध निम्त्याइरहेको‘ आरोपसमेत लगाएका थिए ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -