Tuesday, February 25, 2025
घरसमाचारखेलको विकासको लागि स्थानीय तहको सहयोग अपरिहार्य : मन्त्री अग्रवाल

खेलको विकासको लागि स्थानीय तहको सहयोग अपरिहार्य : मन्त्री अग्रवाल

बाँके । नेपालगन्जको सोफिया रेजिडेन्सियल स्कुलले मङ्गलवार १८ औँ खेलकुद दिवस विभिन्न कार्यक्रम गरि भव्यताका साथ सम्पन्न भएको छ । स्कुलको प्राङ्गणमा सम्पन्न भएको सो कार्यक्रममा विभिन्न विधामा खेलाइएका ५० वटा खेलकुद प्रतियोगिताका विजेतालाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा विजेता बनेका विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका आन्तरिक मामिलामा तथा कानुन मन्त्री आदेश अग्रवाल, स्कुलका अध्यक्ष केबी बसेल, प्रबन्धक सुशीला बसेल, प्रिन्सिपल सुरेश गुरुङ, भेरी अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धिताल, रेडियो नेपालका संवाददाता आलम खान, गोरखापत्रका संवाददाता सिराज खान लगायतले मेडल र ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नु भयो । 

प्रमुख अतिथि मन्त्री अग्रवालले नेपालमा खेलको विकास हुँदै आएको चर्चा गर्दै सरकारले खेलका माध्यमबाट पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि उच्च राख्ने गरी खेलकुदको विकासमा कदम चालेको बताउनुभयो । सोफिया स्कुलमा हुने यस्ता विभिन्न खेलकुद प्रतियोगिताले खेलको विकास र खेलाडीलाई प्रोत्साहन मिल्ने बताउँदै उहाँले खेलको विकासलाई सन्तोषजनकरुपमा अगाडि बढाउन स्थानीय तहको सहयोग पनि अपरिहार्य रहेको औँल्याउनुभयो । स्थानीय स्तरबाटै खेलकुदको विकास र खेलाडीलाई प्रोत्साहन दिने कार्यक्रम अगाडि बढाउनुपर्ने मन्त्री अग्रवालले जोड दिनुभयो ।

कार्यक्रममा पिजि कक्षादेखि १० कक्षासम्मका विद्यार्थीहरूले विभिन्न प्रतियोगितामा भाग लिएको प्रिन्सिपल सुरेश गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार विद्यार्थी मात्रै नभएर विद्यार्थीका अभिभावक, शिक्षक, शिक्षिकाहरूले पनि दौड प्रतियोगितामा भाग लिएका थिए । दौड प्रतियोगितामा विजेता बनेका अभिभावक, शिक्षक तथा शिक्षिकाहरूलाई पनि मेडल प्रदान गरिएको थियो ।

प्रतियोगितामा दौड, हाइजम्प, लङ्ग्जम्प, सर्टपुट, ब्याडमिन्टन, कबड्डी, फुटबल, क्रिकेट, डोरी तान्ने खेल लगायतका खेल समावेश गरिएको शिक्षक निता शाहले जानकारी दिनुभयो । उहाँका अनुसार ब्लु हाउस, रेड हाउस, एल्लो हाउस र ग्रीन हाउस गरि चारवटा समूह बनाएर प्रतियोगिता गराइएको थियो ।

प्रतियोगितामा ब्लु हाउस च्याम्पियन बनेको उहाँले बताउनुभयो । एथलेटिक्स, मार्चपासलगायतमा राम्रो प्रदर्शन गरेको सो समूहले च्याम्पियन बन्दै यो वर्षको खेलकुद प्रतियोगिताको कप उचाल्न सफल बनेको हो । दोस्रो ग्रिन हाउस, तेस्रो एल्लो हाउसले उपाधि जितेको स्कुलले जनाएको छ ‌।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -