काठमाडौँ । नेपाली सुनचाँदी बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुन प्रतितोला पाँच सय रुपैयाँले बढ्दै नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ७१ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सुनको मूल्य तोलामा एक लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर एक हजार नौ सय ७०मा कारोबार भईरहेको महासंघले जनाएको छ ।