गोपाल योञ्जन नेपाली सङ्गीतमा एउटा बेग्लै वेग र चेत बोकेर आए । उनले आफ्ना समकालीन सङ्गीतकारले भन्दा एउटा बेग्लै ‘धार’ भित्र्याए हाम्रो साङ्गीतिक फाँटमा । गोपालका गीतहरूको फेहरिस्त पल्टाएर साध्य छैन । र, उनका सङ्गीतका बारेमा पनि धेरै कुरा भनिन बाँकी नै छन् ।
गोपालबारे लेख्छु भन्ने सोच थियो, धेरै अघिदेखिकै । तर म अल्छे । झन् अल्छे भएर गएँ । पहिले-पहिले रहरले लेख्थेँ । अब कर पर्नुपर्छ । त्यो पनि गतिलै कर । कर पर्यो गतिलै । सन् २०२२ मार्च ५ का दिन कल आयो मेसेन्जरबाट रिन्छेन योञ्जनको । गोपाल रिन्छेनका खसम हुन् । भनिरहनु नपर्ने हो, भनिहालेँ । होस् ।
आज मार्च १४ तारिख । बिहानमात्रै उर्मिलाले कचेटेकी हुन्, ‘‘लौ न कहिले सुरू गर्ने गोपाल योञ्जनको आर्टिकल लेख्न,’’ भनेर । ‘‘रिन्छेनले भनेपछि उम्कन पाइँदैन रे ।’’ मैले मात्र रिन्छेनलाई नचिनेको हो र? रिन्छेन र मैले छोरी सिर्जनालाई पालैपालो काखमा राखेर दार्जीलिङबाट कालेबुङ झरेको त्यो दिन काँ बिर्सेको छु र ?
गोपाललाई मैले उनीसित भौतिक भेट्नुअघि नै चिनेको हुँ । उनको गीतका कारणले, उनको सङ्गीतका कारणले, उनको स्वरका कारणले ।
त्यस बेलाकी सिर्जना । बाला सिर्जना । कोपिला सिर्जना । यो शायद सन् १९७० तिरको कुरो हुँदो हो । उर्मिलाको त झन् कुरै भएन । रिन्छेन र उर्मिलाले सँगै काम गरेका हुन् ‘वीन कोअपरेटिभ’ मा । चार वर्षभन्दा बढी समय । उर्मिला श्रेष्ठ कोअपरेटिभ म्यानेजमेन्ट एक्सपर्ट, युएनडिपी स्टाफ । याङ्जी शेर्पा वीन अध्यक्ष । रिन्छेन योञ्जन पहिलो उपाध्यक्ष सहकारीको । एक किसिमले कर्ताधर्ता ।
उर्मिलाले घच्घच्याएपछि मैले मेसेन्जरमा चेक गरेँ । हुन पनि हो रैछ । रिन्छेनले म्यासेज पठाइसकेकी रहिछन् ‘‘…होप यू ह्याभ स्टार्टेड द आर्टिकल…’’ यो मार्च १३ तारिखको कुरो थियो ।
उर्मिला र मबीच बेलाबखत कुराकानी चल्छ, गोपाल बूढाबूढीका बारेमा । गोपालसित अप्रतिम प्रतिभा थियो । आफूभित्र अन्तर्निहित प्रतिभालाई प्रखर रूपमा प्रकट गर्नु गोपालको शक्ति हो । धर्म पनि हो । रिन्छेनसँग सोच छ । सोचभित्र सम्भावना खोज्दै सार्थकता पत्ता लगाउनु उनको सिद्धि हो । अभीष्ट हो । देख्नेले गोपालभित्र ‘नरम’ मात्र देख्छ । देख्नेले नै रिन्छेनमा भने ‘नरम’ पनि देख्छ, ‘गरम’ पनि देख्छ । हुन पनि रिन्छेन कडामा कडा प्रस्तरभन्दा कडा हुन्, नरममा नरम भुइँकुइरोभन्दा कोमल छिन् ।
गोपाललाई मैले उनीसित भौतिक भेट्नुअघि नै चिनेको हुँ । उनको गीतका कारणले, उनको सङ्गीतका कारणले, उनको स्वरका कारणले । त्यसताका आफूहरू पनि गीत-सङ्गीत भनेपछि हुरूक्कै हुने । अरूहरूजस्तै हामी दुई पनि गोपालभक्त थियौं । सन् १९६७ तिर हुँदो हो हामी दुईबीच भौतिक भेट भाको । भेटघाट के भएथ्यो, झ्वाम्लाङ् झ्याङ्निनुजस्तो भयो । ग्वाम्लाङ् अँगालिनुजस्तो भयो ।
गोपालले नारायणगोपालसित मित लगाए । तर मितेरी मसित बढी भो जस्तो भयो । त्यसैताका हो, म नेपाली साहित्य पढ्न कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा दाखिल भएको । गोपाल पनि कसरी हो, त्यहीँ हुत्तिएर आए । यी सन् १९६७-६८ का कुरा हुन् । लगभग दुई वर्ष हामी सबैले सँगसँगै पढ्यौं, नेपाली विषय । आज आधा शताब्दी नाघिसकेको कुरो । त्यतिखेरका धुमिल चित्रमात्र आउँछन् आँखाअगाडि ।
पढ्दै जाँदा कसोकसो बेन्जु शर्मा, बिन्दु, प्रेमा शाह, गोपाल र मबीच निकटता यस्तो बढ्दै गएछ कि अञ्जानमै हाम्रो एउटा ग्रुप बनिसकेछ । लाग्थ्यो, विश्वविद्यालय परिसरभित्र रमणीयताको एउटा सुरम्य भूलोक भेटिएको छ । हुन पनि समयले एउटा अनुपम उन्नयन पाएका पलहरू थिए ती । बेन्जुबारे गोपाल र मबीच चर्चा चल्थ्यो । हाम्रो समयमा बेन्जुजस्ती राम्री केटी कहीँ देखिएनन्, थिएनन् -सौन्दर्यकी साक्षात् मूर्ति ।
गोपाल भन्ने गर्थे, “भोजपुरे, मैले रिन्छेनसित सङ्गत नगरेको भए बेन्जुलाई म जिन्दगीभरि पछ्याइरहन्थेँ होला ।” म भन्थेँ, “गोपाल तिमी त्यसो भन्छौ । मचाहिँ भन्छु मैले उर्मिलासित लभ गर्न नथालेको भए तिमी र मबीच कुस्ती पर्न बेर थिएन ।” तर ती त गोपाल र मबीचको मुख मिठ्याइमात्र थियो । बेन्जु विवाहित थिइन् । र, हाम्रो मनोभाव बेन्जुलाई सुइँको पनि दिएनौं र हाम्रो मित्रता अविरल चलिरह्यो ।
हाम्रो नेपाली कक्षामा सङ्गीतकार गोपाल र ममात्र थियौं । त्यतिखेर गोपाल योञ्जन बहुमनप्रिय गीतकार, सङ्गीतकार र गायक बनिसकेका थिए । गणेश रसिक र मेरो रातो भाले रेडियोबाट बजिसकेको थियो । तर, शास्त्रीय सङ्गीतमा आधारित सङ्गीत रचना गर्ने सङ्गीतकारमध्ये गोपाल योञ्जनको नाम अग्रपङ्क्तिमा थियो । शास्त्रीय सङ्गीतमा आधारित गीत रचना गर्नेलाई पहिलेदेखि नै उच्च अनि लोकसङ्गीतमा आधारित सङ्गीतकारलाई हल्का स्वरूप दिने परम्परा उहिले थियो र अझै छ । थोरै विज्ञलाई मात्र थाहा होला, शास्त्रीय अनि आधुनिक गीत-सङ्गीतको जननी पनि लोकसङ्गीत नै हो भनेर ।
हाम्रो दुई वर्षे पढाइ अवधिका बेला गोडा दुई-तिनेक साङ्गीतिक र सांस्कृतिक कार्यक्रम गऱ्यो होला, त्रिभुवन विश्वविद्यालयले । त्यसताका योगेश वैद्य पनि त्रिभुवन विश्वविद्यालयमै पढ्थे । कार्यक्रममा हामी तीनै जनाले नगाई धर पाउँदैनथ्यौं ।
एकपल्ट मैले प्रेमा शाहको गीत गाएँ-
के थाहा तिम्रो र मेरो बीच एउटा युग आई अड्छ भनेर
धेरै-धेरै विस्मृतिपछि यहाँ के थाहा तिम्रो र मेरो बीच
बेग्लाबेग्लै रात र दिन हुन्छ भनेर ।
गीत सुनिसकेपछि गोपालले मलाई अँगालोमा बाँधे । उनी पहिलो प्रशंसक थिए, त्यस गीतका । “धेरै राम्रो । कसले सङ्गीत राखेको भोजपुरे यस गीतमा?” गोपालले सोधे । “म र रसिक मिलेर बनाएको,” मैले भनेँ । “ल, हार्दिक बधाई छ दुवैलाई ।” दक्ष पारखीले परख पोखेको-म दङ्ग परेँ । पढाइ सकियो । गोपाल पास भए । म पास भएँ । अब जागिर चाहियो ।
सन् १९७२ को पूर्वार्ध्दतिरको कुरो हुँदो हो । प्राध्यापक चाहिएछ, पद्मकन्या कलेजका लागि । लोकगीत-सङ्गीत पढाउने । मैले दरखास्त दिएँ । अर्का उम्मेदवार परेछन् गोपाल । मेरै मित्र गिरिधर गोपाल । पद एक, उम्मेदवार दुई । अन्तर्वार्ता हुनुअघि हामी दुई कलेज अगाडि चौरमा बस्यौं । गोपालले भने “हिरण्य, यो जागिर जसले पाए पनि फरक नपर्ला । अझ यसमा तिमी छानिए म बढी खुशी हुनेछु ।”
गोपालको आत्मीय वाणीले म गद्गद् भएँछु, विभोर बनेछु, मैले मनमनै गमेँछु र भनेँछु- “गोपाल, तिमीले यो पद पाउनुपर्छ । तिमीहरू भाडाको घरमा बस्छौ । तिमीहरू बाहिरबाट आएका । हाम्रो कमसेकम एकतले भए पनि घर छ, पुतलीसडकमा । स्वास्नीले कमाउँछे र हामीलाई खान पुग्छ ।”
पछि थाहा भो, रिन्छेनले त्यसैताका कुस्त कमाउँदी रहिछन्, गोपाललाई बालिष्टमा अडेस लाएर खान पुग्ने गरी । आज अचम्म लाग्छ, हामी दुईबीच त्यो कस्तो अचम्मको आत्मीय अनुभूति र अपनत्व ? अन्तर्वार्ताको नतिजा निक्लियो । गोपाल चुनिएछन् । मैले चिताएको पुगेछ, खुशी भएँ ।
रिन्छेन र उर्मिलाले वीन कोअपरेटिभ भन्ने संस्थामा केही समय सँगै काम गरेका थिए । त्यसै ताका रिन्छेन र गोपालले हामी दुई जोईपोइलाई घर बोलाए, खाना खान । धापासी घरमा । घर भव्य थियो । तीन रोपनीको त कम्पाउन्ड । रिन्छेनले घर देखाइन्-सिनित्त परेको सुग्घर । पाँचतारे होटलले के भ्याउनु सफाइमा ? बाहिर फूलबारी फूलले ढपक्क ढाकेको । दुबोको लन उत्तिकै उम्दा । “छ्या, हाम्रो घर हेरेर यिनीहरूले के भन्ने होलान् । हामी भने ल्याङ्फ्याङे,” मलाई लाज लाग्यो । अनि हामी रेकर्डिङ स्टुडियो हेर्न गयौं । घरको चोटामा जस्तो लाग्छ ।
क्युबिकल रेकर्डिङ गर्ने सर्जामहरू, बाजागाजा- सबै व्यवस्थित । गोपालले मुख फोरे, “लौ है उर्मिलाजी र भोजपुरे, अब धमाधम गीतहरू रेकर्ड गर्नु पऱ्यो । स्टुडियो तिमेरूकै हो । बसेर गाउने कि उठेर? सुतेर गाए पनि हुन्छ । लडिबुडी गरेर गाए पनि कोही बात छैन । तिमेरूका लागि स्टुडियो चौबीसै घन्टा खुला ।” तर सो समयसम्ममा हाम्रो गाउने रहर र रफ्तार निकै पातलो भइसकेको थियो । हामी मुसुमुसु हाँसिरह्यौं ।
गोपाल योञ्जन गुणैगुणका चुली । गुणीगुणीलाई चुनीचुनी तान्दा रहेछन् ईश्वरले पनि । गोपाललाई पनि धेरै चाँडो ताने । गोपाल, तिमी गए पनि तिम्रा रचनाहरूमा तिमी बाँचिरहनेछौ । हामी रहुञ्जेल तिम्रा गीत र सङ्गीत सुनेर बाँचिरहनेछौं । ल गोपाल । अनन्त अनि स्वान्तः सुखमा सुतिरहनू ।
भोलिपल्ट उर्मिला सदाझैं अफिस गइछन् र रिन्छेनको तारिफ गर्दै भनिछन्, “रिन्छेनजी, हिजो तपाईंले ख्वाउनुभाको आलु कस्तो मीठो?” रिन्छेनले तत्काल खिपिछन् उर्मिलालाई, ‘‘छ्या उर्मिलाजीलाई के भाको हो? खाना ख्वाएर, स्टुडियो देखाएर गाउने रहरको ऊर्जा उमारिदिउँला भनेको त आलुको पो कुरा गर्नुहुँदो रहेछ ।” उर्मिला आजसम्म पनि थक्कथक्क गर्छिन् । “गोपाल जस्ता मनकारी मानिस कहाँ पाउनु यो स्वार्थी जमानामा? पैसा खर्च गर्नु नपर्ने । जसरी गाए पनि हुने । जहिले अलापे पनि हुने । लौ भन्नुस् त, त्यस्तो मान्छे काँ पाउनु यो हृदयहीन समयमा?”
उर्मिलाले धेरै पछि मलाई भनेकी थिइन् । उर्मिलाको नजरमा गोपाल शान्त, सरल, शुद्ध, गम्भीर, भव्य र शिष्ट-विशिष्ट । उदार अनि उन्नत व्यक्तित्व । आँखामा राखे पनि नबिझाउने ।
लेकाली अस्तित्वमा आयो सन् १९६७ वसन्त पञ्चमीका दिनमा, सुग्घर अनि उन्नत उद्देश्य लिएर । लेकालीका उद्देश्य धेरै थिए । तर चुरो उद्देश्य थियो, नेपाली कानहरूलाई आफ्नै खाले गीत-सङ्गीतले तान्ने । त्यसताका हिन्दी गीत-सङ्गीतले बढी नै करेपिरहेको भान हुन्थ्यो, नेपाली कानहरूलाई ।
हुन त हाम्रा अग्रज र समकालीन सङ्गीतकर्मीहरू पनि जानी-नजानी त्यो अनुष्ठानमा लागिपरेकै हुन् । तर लेकाली भने संस्थागत रूपले होम्मिन खोजेको थियो । लेकालीले खासमा तीन खाले गीत गायो । पहिलो- ठेट लोकगीत । दोस्रो- लोकसङ्गीतबाट प्रभावित गीत । तेस्रो- समकालीन सिर्जनशील गीत-सङ्गीत ।
तेस्रो पाटोमा आएर हामीले बढी प्रयोगधर्मी गीत-सङ्गीत बनायौं, गायौं । गीतमा मानवीय संवेदनाका साथै त्रासदी, कष्ट-कहर, जिजीविषालाई शब्द र स्वरहरूमा कला उन्न खोज्यौं । चलनचल्तीका रूढी ढाँचा-ढर्राका शाब्दिक अनि साङ्गीतिक वेगभन्दा एउटा बेग्लै चेतको साङ्गीतिक शैली-बहावमा बहकिन मन पराएको थियो, लेकालीले । हाम्रो यो तेस्रो खाले गीतबाट लेकाली जनजनको मनमनसम्म घुस्न नसकेको अनुभूति हामीमा छ । यसका दुई कारण छन् । पहिलो- गीत-सङ्गीत बढी बोझिलो बने ।
सामान्य श्रोताको हृत्तन्त्रीलाई झकझक्याउन ती असमर्थ बने । तर यही काँटका गीत-सङ्गीत मञ्चमा गाउँदा भने लोकप्रिय बने- क्यानाडा, काठमाडौँ, दार्जीलिङ, खरसाङ र कालेबुङमा पनि । अनि दोस्रो- त्यसताका प्रसारको माध्यम एउटै रेडियो नेपाल थियो । त्यहाँ मेरो भोक लाग्यो खान दे, तिर्खा लाग्यो पानी दे, हामीले पनि त बाँच्नुपर्छ, बास बस्न छाप्रो दे र रसिकको कति दिन बाँच्नु यो हुस्सुले छोपेको सहरमा जस्ता गीतहरू पच्न सकेन । लेकालीको थोरबहुत यहाँनेर चर्चा गर्नुको एउटा गतिलै कारण छ ।
…गोपालले पनि लेखे र गाए- देशले रगत मागे, मलाई बलि चढाऊ, रूँदिनन् मेरी आमा ऊ नेपालीकी छोरी । यस्तो निर्मल सौन्दर्य बोकेको देशभक्तिको गीत अरू मैले सुनेको छैन ।
आज गोपाल योञ्जन र नारायणगोपालको स्वर नसुन्ने कुनचाहिँ पो नेपाली कान होला? मुलुकभित्र मात्र होइन, नेपाली पुगेको जुनसुकै थलोमा गोपाल योञ्जन, नारायणगोपाल गुन्जिन्छन् । सुन्नेले हिन्दी गीत आज पनि सुन्छन् । तर साङ्गीतिक तुिष्टका लागि अब कसैको भर पर्नु पर्दैन । नेपाली आदिसङ्गीतकर्मीहरू सेतुराम, मेलवादेवी, मास्टर मित्रसेन, मास्टर रत्नदास, धर्मराज थापा हुँदै आजका अनगिन्ती कलाकर्मीहरूको अनवरत शिल्पले गर्दा नै हाम्रो साङ्गीतिक जगत् यति झलमल्ल हुन सकेको हो । यसरी लेकालीको माथि मैले ‘कहेको’ उद्देश्यपूर्तिको परिसीमा अब धेरै दूर छैन र प्रसिद्धिलाई सात समुद्र पार पुऱ्याएर हाम्रो सङ्गीतलाई हालको स्थितिसम्म पुर्याउने महारथीमध्ये गोपाल योञ्जन र नारायणगोपाल मित-मितको नाम अग्रपङ्क्तिमा पर्छ-पर्छ ।
भनिन्छ, पश्चिमेली सङ्गीतको विकास भन्नु नै ‘हार्मोनी’ र ‘पोलिफोनी’ को विकास हुनु हो । उताको सङ्गीत चर्च सङ्गीतबाट उठेर आजसम्म आइपुगेको हो । दार्जीलिङतिरका नेपाली सङ्गीतकारको सङ्गीतमा पनि कुनै न कुनै रूपले चर्च सङ्गीतको प्रभाव परेको प्रतीत हुन्छ । तर गोपालको सङ्गीतमा चर्च सङ्गीतको प्रभाव पाइन्न । उनको सङ्गीतको सिद्धि भनेको पूर्वेली शास्त्रीय सङ्गीतको आकण्ठ प्रभाव हुनु हो ।
गोपाल नेपाली सङ्गीतमा एउटा बेग्लै वेग र चेत बोकेर आए । उनले आफ्ना समकालीन सङ्गीतकारले भन्दा एउटा बेग्लै ‘धार’ भित्र्याए हाम्रो साङ्गीतिक फाँटमा । शास्त्रीयतामा आधारित सङ्गीतले बढीभन्दा बढी सरगम, आलाप, मुर्च्छना, खिड्का, कण र कम्पनमा कुद्ने ठाउँ पाउँछ र कला एवम् गलाले चमत्कार चुल्याउन बेर लगाउँदैन । गोपालका गीतहरूको फिहरिस्त दिएर साध्य छैन । र, उनको सङ्गीतका बारेमा पनि धेरै कुरा भन्न बाँकी नै छ ।
गोपाल उठ्न खोजे, हामीलाई देखेर । हामीले उठ्न दिएनौं । उनले हिम्मत हारेझैं लाग्यो यसपालि, उनको कुरा सुनेपछि । गोपालले भने, “भोजपुरे, म यसपालि ज्यूँदो फर्किन्नँ होला नेपाल ।” कताकता टोलाएको उनको दृिष्ट, त्यसमाथि उनको करुण कथनी । मलाई त्यस क्षणको अनुभूतिले एकछिन पिरोल्यो । केही पलका निमित्त म साँच्चिकै मरेँ ।
अरू भन्ने कुरालाई भन्न थाँती राखेर एउटा राष्ट्रिय गीतका बारे भन्छु । धेरै-धेरै नेपाली गीतकारहरूले देशभक्तिका गीत कथेका छन् । सङ्गीतकारले सङ्गीत रचेका छन् । मैले पनि गीत लेखेँ । भाका भरेर लेकाली मिलेर गायौं- मलाई प्यारो लाग्छ, मलाई राम्रो लाग्छ, लहरापहरा छहराको देश । मवीवी शाहले लेखे, शिवशङ्करले धुन रचे र गाए- म मरे पनि मेरो देश बाँचिराखोस् । र, गोपालले पनि लेखे र गाए- देशले रगत मागे, मलाई बलि चढाऊ, रूँदिनन् मेरी आमा ऊ नेपालीकी छोरी । यस्तो निर्मल सौन्दर्य बोकेको देशभक्तिको गीत अरू मैले सुनेको छैन । त्यस्तै भाव अरुसँग पनि होला । तर, भन्न पनि जान्नुपर्यो नि । गोपालले भन्न जाने र भने मुलुकको मोहमा । नत्र मलाई बलि चढाऊ भन्ने आँट कसले देखाउन सक्छ ? आफू हुनुको सही मूल्य उनले चिने, त्यस्तो गीत कथे र गाए । धन्य देशभक्ति गीत, धन्य देशभक्त गोपाल ।
गोपाललाई भेट्न हामी अपोलो अस्पताल गयौं । शशि भण्डारी र म । दिल्लीमा । अस्पतालमा रिन्छेन एक्लै थिइन् । गोपालको सेवाशुश्रूषामा व्यस्त । गोपाल सजिला । हरफन मौला । जिन्दगीभरि रिन्छेनले गोपालको सेवा गरिन् । त्यतिखेर पनि गर्दै थिइन् । दृश्य मार्मिक थियो । गोपाल उठ्न खोजे, हामीलाई देखेर । हामीले उठ्न दिएनौं । उनले हिम्मत हारेझैं लाग्यो यसपालि, उनको कुरा सुनेपछि । गोपालले भने, “भोजपुरे, म यसपालि ज्यूँदो फर्किन्नँ होला नेपाल ।” कताकता टोलाएको उनको दृिष्ट, त्यसमाथि उनको करुण कथनी । मलाई त्यस क्षणको अनुभूतिले एकछिन पिरोल्यो । केही पलका निमित्त म साँच्चिकै मरेँ । एकैछिन पछि म यथार्थसँगै बौरिएँ र भनेँ, “गोपाल, मर्न त्यति सजिलो हुँदैन । हेरिराख, केही दिनमै तिमी घर फिरेर तिम्रा औंलाहरू हार्मोनियमका रिडहरूमा सलबलाइरहेका हुनेछन् ।”
तर त्यो त मेरो अभिलाषा मात्र थियो । उनका औंलाहरू हार्मोनियमका रिडहरूमा फेरि कहिल्यै चलमलाएनन् । उनी सदाका लागि सुते । सर्वकालका लागि सुते, उनका सपना र विपनाहरू पनि । शायद शशि र म अन्तिम नेपाली कलाकार-साहित्यकार थियौं होला, गोपालको ज्यूँदो स्वरूपको अन्तिम दर्शन गर्ने र उनीसित अन्तरङ् कुराकानी गर्ने । दिल्लीमा हाम्रो कुराकानी भएको लगत्तै सजीव गोपाल उनको प्रिय मुलुक नेपाल फिरे । तर निर्जीव भएर ।
गोपाल योञ्जन गुणैगुणका चुली । गुणीगुणीलाई चुनीचुनी तान्दा रहेछन् ईश्वरले पनि । गोपाललाई पनि धेरै चाँडो ताने । गोपाल, तिमी गए पनि तिम्रा रचनाहरूमा तिमी बाँचिरहनेछौ । हामी रहुञ्जेल तिम्रा गीत र सङ्गीत सुनेर बाँचिरहनेछौं । ल गोपाल । अनन्त अनि स्वान्तः सुखमा सुतिरहनू ।