Saturday, February 22, 2025
घरसमाचारगाडी खसेको खस्यै गरेपछि धोबीखोलामा टाँगियो डोरी (भिडिओ)

गाडी खसेको खस्यै गरेपछि धोबीखोलामा टाँगियो डोरी (भिडिओ)

८ फागुन, काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा कार खसेको खस्यै गरेपछि प्रहरीले अस्थायी प्रबन्ध गरेको छ ।

सिंहदरबार प्रहरी वृत्तले सामान्य स्रोतको प्रयोग गर्दै रिफ्लेक्टर र डोरीको व्यवस्था गरेको हो । सिंहदरबार वृत्तका नायब उपरीक्षक (एसएसपी) गंगाप्रसाद पौडेलेका अनुसार दीर्घकालीन बार नबनेसम्मका लागि सो व्यवस्था गरिएको हो ।

यो स्थानमा गत सोमबार बा २१ च ६६१४ नम्बरको कार दुर्घटनामा परेर धोबीखोलामा खसेको थियो । त्यसअघि गत २१ पुसमा बी एए ८७१४ नम्बरको कार धोबीखोलामा कार खसेको थियो ।

स्थानीयको सहयोग लिएर निर्माण गरिएको अस्थायी समाधानले तत्कालको सम्भावित दुर्घटना रोकिने एसएसपी पौडेलले बताए ।

‘हालसालै पनि यहाँ एउटा कार दुर्घटना भयो तर मानवीय क्षति हुन पाएन । ठूलो दुर्घटनाबाट हामी जोगियौँ । तर सडकको पेटी हेर्दाखेरि चाहिँ ड्राइभरसँग पनि हामीले कुरा गर्‍यौँ, ड्राइभर झुक्किएको भन्ने उहाँहरूले कुरा गर्नुभयो । पुल यहाँ छ पुलको ट्रनिङ त्यहीँ होला भनेर झुक्किएको भन्नुभयो,’ एसएसपी पौडेलले भने ।

दीर्घकालीन बार बनाउन टेण्डरको प्रोसेस भएको पनि उनले बताए ।

भौतिक निर्माणमा लापरबाही भएको भन्दै यस्ता सानातिना विकास निर्माणका काममा गम्भीर बन्न सरकारलाई स्थानीयहरूले आग्रह गरेका छन् ।

हेर्नुस् भिडिओ :

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -