Thursday, February 13, 2025
घरसमाचारशंखरापुर बस दुर्घटना : शोकमा डुब्यो सत्य साई एकेडेमी

शंखरापुर बस दुर्घटना : शोकमा डुब्यो सत्य साई एकेडेमी

३० माघ, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–५ मा चाबहिलको मैजुबहालस्थित सत्य साई एकेडेमीले आफ्ना विद्यार्थीलाई वनभोज लगेको थियो । कात्तिकेमा रमाइलो गरेर फर्किएका विद्यार्थी सवार बस बीचबाटोमै दुर्घटनामा पर्‍यो ।

यो समाचार तयार पार्दासम्म तीन जनाको मृत्यु भएको छ । ४० जना घाइते छन् ।  प्रहरी प्रभाग सााँखुका अनुसार विभिन्न अस्पतालमा घाइतेको उपचार भइरहेको छ ।

दुर्घटनापछि सिंगो विद्यालय परिवार नै शोकमा डुबेको छ । अनलाइनखबरसँग संक्षिप्त कुराकानीमा जोडिएका प्रिन्सिपल मरिचमान लिम्बु बोल्न सक्ने अवस्थामा थिएनन् ।

‘केही बोल्न सक्ने अवस्था छैन । नसोचेको घटना भयो,’ उनले भावुक हुँदै सुनाए ।

अभिभावकहरूले प्रिन्सिपल लिम्बुलाई फोन गरेर आफ्नो बालबालिकाको स्थितिबारे जानकारी लिइरहेका छन् ।

शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापितका अनुसार पिकनिक आएको बस दुर्घटनामा परेको हो । ‘पिकनिक आएको रहेछ । पिक्निक सकिएर फर्किने क्रममा दुर्घटना भएको हो,’ उनले भने ।

प्रहरीका अनुसार दुर्घटनाको कारण खुलेको छैन । सो क्षेत्रको बाटो पनि साँघुरो छ । प्रहरीले चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा ज्यान गुमाउने तीन जना विद्यार्थीको सनाखत भएको छ । मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका–७ स्थायी घर भई काठमाडौंको कपन बस्ने ११ वर्षीय क्रिशल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ घर भई चाबहिल बस्ने २४ वर्षीय सुरेश तामाङ र सिन्धुपाल्चोक घर भइ हाल काठमाडौंको भिमसेनगोला बस्ने १४ वर्षीया शुशांका डोटेल रहेका छन् ।

क्रिशलको त्रिवि शिक्षण अस्पतल–महाराजगञ्ज, सुरेशको नेपाल मेडिकल कलेज र शुशांकाको शंखरापुर अस्पतालमा मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -