Tuesday, February 11, 2025
घरसमाचारसवारी ज्यान मुद्दामा १६ वर्षदेखि फरार २ जना प्रतिवादी पक्राउ

सवारी ज्यान मुद्दामा १६ वर्षदेखि फरार २ जना प्रतिवादी पक्राउ

२९ माघ, काठमाडौं । सवारी मुद्दामा १६ वर्षदेखि फरार रहेका प्रतिवादी पर्साबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१७ का ६५ वर्षीय छठु साह तेली र वडा नम्बर २५ का ४० वर्षीय चन्दु राउत कुर्मी छन् ।

तेलीविरुद्ध ०६४ बैशाख १४ गते कलावतीदेवी सोनारीनले उजुरी दिएकी थिइन् । तत्कालीन समयमा तेलीले चलाएको ना.१ ह ९०७ नम्बरको टेम्पोले ठक्कर दिई राजेन्द्र साह सोनारको मत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनलाई माघ २७ गते पक्राउ गरी सवारी ज्यान मुद्दामा ७ दिनको म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै आदेशप्रसाद कुर्मीको जाहेरीका आधारमा कुर्मी पक्राउ परेका हुन् । उनले चलाएको ना.३ प ९७१८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ०६४ माघ ३ गते होरिल राउत कुर्मीको मृत्यु भएको प्रहरीको भनाइ छ । घटनापश्चात फरार रहेका उनलाई माई २८ गते पक्राउ परी सवारी ज्यान मुद्दामा ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी किशोर लम्सालले जानकारी दिए ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -