१८ माघ, काठमाडौं । गत साउन ३१ गते ३ हजार अंकसम्म पुगेको बजार असोज १३ गते २४६४ अंकसम्म झरेको थियो । त्यसयता बजार उतारचढाव हुँदै अहिले २६५७ अंकमा कायम भएको छ ।
पछिल्ला केही साता सेयर बजारको उतारचढाव न्यून रहे पनि एक दर्जन कम्पनीले भने नयाँ रेकर्ड बनाएका छन् ।
बजारमा सूचीकृत १२ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यसअघि कम्पनीले दिएको हकप्रद तथा बोनस सेयर समायोजनलाई पनि आधार मान्दा यी १२ कम्पनीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
यसरी उच्च मूल्यमा पुगेका कम्पनीमा अधिकांश हाइड्रोपावर सेक्टरका छन् । हालसम्मकै उच्च मूल्य बनाएका कम्पनीमा ७ हाइड्रोपावर, ३ विकास बैंक, १ लगानी र १ लघुवित्त कम्पनी छन् ।
हालसम्मकै उच्च मूल्यमा पुगेका यी हुन् १२ कम्पनी
कम्पनी | हालको मूल्य |
कर्पोरेट डेभलपमेन्ट बैंक | २४८० |
ग्रीन डेभलपमेन्ट बैंक | १८५० |
हिमालयन हाइड्रोपावर | ५९६ |
मकर जितुमाया सुरी हाइड्रोपावर | ७७९ |
मोदी इनर्जी | ३७३ |
एनआरएन इन्फ्रास्ट्रक्चर | १३२२ |
न्यादी हाइड्रोपावर | ७०७.८० |
राप्ती हाइड्रो | ६५२.८० |
श्वेतगंगा हाइड्रोपावर | ६२० |
सिक्लेस हाइड्रोपावर | १२०५ |
सिन्धु विकास बैंक | १२४६.८० |
सामुदायिक लघुवित्त | २८५४ |