१७ माघ,बुटवल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा लालहरि पाण्डे निर्वाचित भएका छन् ।
संस्थाको चौथो अधिवेशन अन्तर्गत भएको निर्वाचनमा प्रतिस्पर्धी लेखनाथ पौडेललाई ८० मत अन्तरले पराजित गर्दै पाण्डे दोस्रो कार्यकालका लागि विजयी भएका हुन् ।
पाण्डेले २१७ मत पाएर विजयी हुंदा पौडेलले १३७ मत पाएका निर्वाचन समितिका संयोजक गोबिन्दप्रसाद मरासिनीले जानकारी दिए ।
यस्तै वरिष्ठ उपाध्यक्षमा केशव सापकोटा (१४४ मत) लाई पराजित गर्दै धनराज चापागाई (२११मत) र सचिवमा यम रावत (१७१ मत) लाई पराजित गर्दै कृष्णप्रसाद शर्मा (१८७ मत) विजयी भएका छन् ।
दुई उपाध्यक्ष पदमा अमरराज सुवेदी र महेशमान बज्राचार्य तथा कोषाध्यक्षमा महेश भुर्तेल र सहसचिवमा राजेन्द्रकुमार आचार्य निर्वाचित भएका छन् ।
यस्तै कार्यसमिति सदस्यमा हरि ज्ञवाली,उपेन्द्र गुप्ता,पूर्णबहादुर थापाराजु यादव र रोशन श्रेष्ठ निर्वाचित भएका निर्वाचन समितिका संयोजक मरासिनीले जानकारी दिए ।
प्याब्सन लुम्बिनीमा करिब ५ सय विद्यालय आवद्ध छन् ।