अध्यक्षका दाबेदारहरू
११ माघ, काठमाडौं । अखिल क्रान्तिकारीको नयाँ नेतृत्वको लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ । अध्यक्षमा पाँच जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
अध्यक्षमा उम्मेदवारी दिनेहरूमा उपदेशकुमार यादव, योगेन्द्रबहादुर बुढा, विजयप्रकाश शर्मा सापकोटा, सुदीन पौडेल र हेमन्त राई छन् । यादव उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पक्षका हुन् । अध्यक्षका अर्का उम्मेदवार बुढा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा नजिक छन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षबाट सापकोटाले उम्मेदवारी दिएका छन् । पौडेल उपमहासचिव वर्षमान पुन पक्षका हुन् भने राई अर्का उपामहासचिव जनार्दन शर्मा नजिक छन् ।
उपाध्यक्षका लागि २० जनाको उम्मेदवारी परेको छ भने महासचिवमा ८ जनाले उम्मेदवारी दिएका छन् ।
महासचिवमा तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतिक कार्की, रोशन थापामगर, शिव बस्नेत, श्यामबहादुर मिजार, सञ्जयकुमार महतो र सञ्ञिव फुँयाल उम्मेदवार बनेका छन् ।
२४३ जनाको केन्द्रीय समितिमा पदाधिकारी ३३, सचिवालय सदस्य ४८, केन्द्रीय सदस्य १६२ जनाको लागि निर्वाचन हुनेछ ।
भोलि शनिबार नयाँ कमिटीका लागि मतदान हुनेछ ।
उम्मेदवारको अन्तिम नामावलीः