काठमाडौं । नेपाली सडकमा ‘साइबरट्रक’ जस्तो देखिने विद्युतीय गाडी (ईभी) देख्दा अटोप्रेमी उत्साहित भएका छन् ।
‘चिनियाँ साइबरट्रक’ भनी चिनिने फ्युचरिस्टिक ‘दिपल ई०७’ ले नेपाली सडकमा ‘डेमो ड्राइभ’ गरेको देखेपछि नेपाली अटोप्रेमी उत्साहित भएका हुन् । अमेरिकी गाडी निर्माता कम्पनी टेस्लाको आइकनिक साइबरट्रकबाट प्रभावित लाग्ने दिपल ई०७ को बोल्ड डिजाइन र स्वरूपले सडकमा धेरैको ध्यान खिचेको देख्न सकिन्छ ।
चांगानले अन्तर्राष्ट्रिय बजारमा संसारकै पहिलो ‘ट्रान्सर्फमर एसयूभी’ का रूपमा चिनाएको दिपल ई०७ मा सार्प एज र स्टेनलेस स्टिलबाट प्रभावित फिनिसका साथै स्लिक र कोणात्मक डिजाइन दिइएको छ, जसले गर्दा यो निकै आकर्षक देखिएको छ ।
यसको फ्रेमलेस डोर, फ्लस ह्यान्डल र एरोडाइनामिक सिलहटले प्रिमियम र फ्युचरिस्टिक भाइब अघि सारेको कम्पनीले जनाएको छ । दिपल ई०७ मा २१ इन्चको ठूलो टायरका साथै ‘इन्टिग्रेटेड लाइटबार’ प्रयोग गरिएको छ, जसले उसको रोड प्रेजेन्स बलियो बनाउनुका साथै वास्तविक हेड टर्नर बनाएको छ ।
निकै आकर्षक स्वरूप बाहेक दिपल ई०७ मा अत्याधुनिक फिचर छन्, जसले यसलाई ईभी सेग्मेन्टमा फरक देखाउँछ । यसका जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, भ्वाइस एसिस्ट जस्ता फिचर छन् । यी फिचरले बेजोड ड्राइभिङ एक्सपिरियन्स दिलाउँछ । यसको इन्टिलिजेन्ट एडास सिस्टम र विभिन्न ड्राइभिङ मोडले सुरक्षा र फरक भूबनोटको ड्राइभिङ अनुभव राम्रो बनाउँछ । साथै, यसको फ्रंक र पानारोमिक ग्लासले यसको फङ्सनालिटी र लक्जरीलाई उत्कृष्ट बनाएको छ ।
नेपालमा अर्को साता सार्वजनिक गरिने दिपल ई०७ प्रिमियम मात्र होइन, सहरी र एड्भेन्चर प्रेमी दुवैका लागि उपयुक्त हुने देखिन्छ । पछिल्लो समय नेपाली अटोबजार ईभीतिर तीव्र गतिमा अघि बढिरहेको छ र यो नयाँ मोडेलले ईभीतिरको आकर्षण अझै बलियो बनाउने अपेक्षा कम्पनीको छ ।