रौतहट/नक्कली हतियार देखाएर सीमावर्ती क्षेत्रमा मानिसलाई लुटपाट गर्ने एक भारतीय नागरिकलाई रौतहट प्रहरीले पक्राउ गरेका छन् ।
रौतहटको इशनाथ नगरपालिका वडा नम्वर ४ मठिया स्थित नेपाल भारत समिावर्ती क्षेत्रमा भारत विहार राज्य पूर्वी चम्पारण मोतिहारी जिल्ला ग्राम पञ्चायत खरोहाी वडा नम्वर ४ का २० बर्षिय अब्दुल कलामलाई रौतहट प्रहरीले नक्कली हतियार सहित पक्राउ गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा जारी गरिएका प्रेस नोटमा बच्चाहरु खेल्ने चाईनिज पेस्तोल जस्तै देखिने खेलौना देखाएर सीमा क्षेत्रमा हिडडुल गर्ने व्यक्तिलाई डरत्रास देखाएर लुट्दै आएको सूचनाका आधारमा प्रहरी चौकी मठिया महुलियाबाट खटिएको प्रहरीले गएको सोमवार राति साढे ७ बजेको समयमा नियन्त्रणमा लिएका थिए ।
भारतीय नागरिक कलामलाई प्रहरी हिरासतमा रोखर अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको निमित्त प्रवक्ता एवं इन्सपेक्टर रामकुमार महतोले जानकारी दिए ।
तराईटप बाट