Wednesday, January 22, 2025
घरसमाचारगण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ मा

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ मा




कास्की । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ गते बस्ने भएको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले माघ २१ गते संसद् बैठक डाक्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रदेश सभाको बर्खे अधिवेशन असोज ८ गते अन्त्य भएको थियो । प्रदेश सभाका विषयगत समितिमा २ वटा विधेयक विचाराधीन रहे पनि यसबीचमा सरकारले थप विधेयक दर्ता गराएको छैन । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हिउँदे अधिवेशनमा कम्तीमा पनि १० वटा विधेयक पारित गर्ने गरी सरकारले तयारी गरेको जानकारी दिनुभयो ।

एकल अधिकारका सूची र केही साझा अधिकार सूचीमा रहेका विषयमा समेत विधेयक बनाएर सदनमा लैजाने तयारीमा सरकारको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -