२ माघ, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले ३ नेपाली राजदूतलाई अन्य ३ देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।
नेपालको संविधानको धारा २८२ को उपधार १ बमोजिम राष्ट्रपति पौडेलले भरतराज पौडेललाई गणतन्त्र क्यूवा, धनबहादुर ओलीलाईलाई भियतनाम र निर्मल राज काफ्लेलाई भेनेजुएलाको गैरआवासीय राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
क्यानाडाका लागि भरतराज पोखरेल, थाइल्याण्डका लागि धनराज ओली र ब्राजिलका लागि निर्मलराज काफ्ले आवासीय राजदूत हुन् ।
हेर्नुहोस् विज्ञप्ति :