२०८२ बैशाख १६ गते, मंगलवार ११:२३

सल्यानमा दिदीबहिनी मृत फेला




सल्यान । सल्यानमा दिदीबहिनी आफ्नै घरमा मृत फेला परेका छन् ।

बनगाड कुपिण्डे नगरपालिका–११ गलगोलका अन्दाजी ३ वर्षीया करिष्मा र ६ महिनाकी रागवि बुधबार दिउँसो घरमा मृत फेला परेका हुन ।

स्वास्थ्यमा कुनै समस्या नभएका दिदीबहिनीको मृत्यु शङ्कास्पद रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घटना शङ्कास्पद भएकाले आमा पूर्णिमा रानालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक केशरकुमार न्यौपानेले जानकारी दिनुभयो ।

बुवा कामको सिलसिलामा जिल्ला बाहिर रहेका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्