वीरगंज/मधेश विश्वविद्यालयका रजिस्ट्रार विजय यादवले
अचेलको जमानामा कोहीसँग हाँसेर बोल्दैमा कतै घुम्नकाको लागि जाँदैमा त्यो समाचारको बिषय बन्नु आफैँमा ‘कफीको कपमा सुनामी’ खडा गर्नु जस्तै भएको बताउनु भएको छ ।
रजिस्ट्रार यादवविरुद्ध समाचार आएपछि प्रतिक्रिया दिँदै उनले सो कुरा बताउनु भएको हो।
उनले प्रविधिको दुरुपयोग गरी आफू र आफू कार्यरत संस्थालाई विवादमा ल्याउने काम भएकोमा यस घटनाले आफुलाई मर्माहित बनाएको बताउनु भएको भयो ।
आर्टिफिसियल इन्टिलिजेन्स (ए.आई)को जमानामा कसैको फोटोसँग कसैको फोटो जोड्नु कुनै अनौठो कुरा नभएको भन्दै विशुद्ध आफु बिरूद्ध केही व्यक्ति सुनियोजित तवरमा लागेको यादवको कथन रहेको छ ।
व्हाट्सएपमा कस्ले कस्को बिरूद्ध च्याट गर्छ र सामाजिक सञ्जालमा बदनाम गर्ने हेतुले पोस्ट गर्छ त्यो आफ्नो चासोको बिषय नभएको भन्दै विगत केही दिनदेखि पुरानो झिना मसिना विषयलाई लिएर उपकुलपति डा. दीपक शाक्य र मधेश विश्वविद्यालयलाई जबरदस्ती मुच्छेर विवादमा ल्याउने काम दुर्भाग्यपूर्ण भएको रजिस्ट्रार विजय यादवले बताए ।