२०८२ बैशाख ६ गते, शनिबार ०६:२३

रमेश कुमार यादव/

रौतहट/गरुडा नगरपालिकाको वार्ड नं. ४ स्थित तुलसीलाल स्मृति भवन हलमा गरुडा नगर प्रहरी जवान आधारभूत तालिम समूहको दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ। नगर प्रमुख कन्थमनि प्रसाद जैसवालको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा नगर प्रहरीलाई सक्षम, मर्यादित र अनुशासित बनाउने लक्ष्य अनुरूप प्रशिक्षार्थी प्रहरी जवानहरूको दीक्षान्त गराइएको हो। समारोहमा नगर प्रमुख जैसवालले प्रशिक्षार्थी प्रहरी जवानहरूलाई अनुशासन, व्यवसायिकता र कर्तव्यपरायणताका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए। उनले भने, “नगर प्रहरीको भूमिकालाई उत्कृष्ट र उदाहरणीय बनाउनु नै मुख्य उद्देश्य हो। विधि, प्रक्रिया र योग्यतालाई प्राथमिकता दिँदै प्रहरी छनोट गरिएको छ।“ नगर प्रमुख जैसवालले स्थानीय सरकार सञ्चालन ऐन र नेपालको संविधान अनुरूप गरुडा नगरपालिकाले प्रहरी ऐन बनाई प्रक्रियागत ढंगले नगर प्रहरी स्थापनाको योजना अघि बढाएको जानकारी दिए। उनले थपे, “गतिशील र स्वच्छ नगर निर्माणको परिकल्पना पूरा गर्न नगर प्रहरीले उच्च व्यवसायिकता प्रदर्शन गर्ने विश्वास लिएको छु।“ दीक्षान्त समारोहमा गरुडा ईलाका प्रहरी तालिम केन्द्रका प्रहरी निरीक्षक ओमप्रकाश यादवले नगरपालिकाले दिएको आवासीय सुविधा र विशेष तालिमको प्रशंसा गर्दै यसलाई नमुना योजना भने। उनले भने, “गरुडा नगरपालिकाले तालिमका लागि गरेको लगानी र व्यवस्थापनले नगर प्रहरीलाई सशक्त बनाउनेछ ।“ तालिमका संयोजक प्रहरी निरीक्षक केदार ठाकुरले प्रस्तुत गरेको प्रतिवेदनअनुसार, २ महिला र १२ पुरुष गरी १४ जना प्रशिक्षार्थी प्रहरी जवानलाई आवासीय व्यवस्थासहित आधारभूत तालिम प्रदान गरिएको थियो। तालिम अवधिमा उनीहरूलाई कानूनी ज्ञान, अनुशासन, भौतिक तालिम, नागरिक सुरक्षा, र नगर प्रहरीको विशेष भूमिकाका बारेमा प्रशिक्षण दिइएको जानकारी दिइयो। दीक्षान्त समारोहमा नगर प्रहरीका पदाधिकारी, तालिम केन्द्रका प्रशिक्षकहरू, नगरपालिकाका जनप्रतिनिधिहरू, र स्थानीय समुदायका प्रतिष्ठित व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले नगर प्रहरीको यो कदमलाई स्थानीय शान्ति, सुरक्षा र समृद्धिका लागि महत्वपूर्ण रहेको बताएका थिए । नगर प्रमुख जैसवालले तालिम पूरा गरेका प्रहरी जवानहरूलाई भविष्यमा नगरपालिकाको नीति र योजनाअनुसार जिम्मेवारी निर्वाह गर्दै गरुडा नगरपालिकालाई नमुना नगर बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे । यो दीक्षान्त समारोहले नगर प्रहरीको भविष्यलाई बलियो बनाउँदै स्थानीय प्रशासन र सुरक्षा व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।गरुडा नगर प्रहरी जवान आधारभूत तालिमको दीक्षान्त समारोह सम्पन्न

रमेश कुमार यादब
पुस ०१, रौतहट
गरुडा नगरपालिकाको वार्ड नं. ४ स्थित तुलसीलाल स्मृति भवन हलमा गरुडा नगर प्रहरी जवान आधारभूत तालिम समूहको दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ। नगर प्रमुख कन्थमनि प्रसाद जैसवालको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा नगर प्रहरीलाई सक्षम, मर्यादित र अनुशासित बनाउने लक्ष्य अनुरूप प्रशिक्षार्थी प्रहरी जवानहरूको दीक्षान्त गराइएको हो। समारोहमा नगर प्रमुख जैसवालले प्रशिक्षार्थी प्रहरी जवानहरूलाई अनुशासन, व्यवसायिकता र कर्तव्यपरायणताका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए। उनले भने, “नगर प्रहरीको भूमिकालाई उत्कृष्ट र उदाहरणीय बनाउनु नै मुख्य उद्देश्य हो। विधि, प्रक्रिया र योग्यतालाई प्राथमिकता दिँदै प्रहरी छनोट गरिएको छ।“ नगर प्रमुख जैसवालले स्थानीय सरकार सञ्चालन ऐन र नेपालको संविधान अनुरूप गरुडा नगरपालिकाले प्रहरी ऐन बनाई प्रक्रियागत ढंगले नगर प्रहरी स्थापनाको योजना अघि बढाएको जानकारी दिए। उनले थपे, “गतिशील र स्वच्छ नगर निर्माणको परिकल्पना पूरा गर्न नगर प्रहरीले उच्च व्यवसायिकता प्रदर्शन गर्ने विश्वास लिएको छु।“ दीक्षान्त समारोहमा गरुडा ईलाका प्रहरी तालिम केन्द्रका प्रहरी निरीक्षक ओमप्रकाश यादवले नगरपालिकाले दिएको आवासीय सुविधा र विशेष तालिमको प्रशंसा गर्दै यसलाई नमुना योजना भने। उनले भने, “गरुडा नगरपालिकाले तालिमका लागि गरेको लगानी र व्यवस्थापनले नगर प्रहरीलाई सशक्त बनाउनेछ ।“ तालिमका संयोजक प्रहरी निरीक्षक केदार ठाकुरले प्रस्तुत गरेको प्रतिवेदनअनुसार, २ महिला र १२ पुरुष गरी १४ जना प्रशिक्षार्थी प्रहरी जवानलाई आवासीय व्यवस्थासहित आधारभूत तालिम प्रदान गरिएको थियो। तालिम अवधिमा उनीहरूलाई कानूनी ज्ञान, अनुशासन, भौतिक तालिम, नागरिक सुरक्षा, र नगर प्रहरीको विशेष भूमिकाका बारेमा प्रशिक्षण दिइएको जानकारी दिइयो। दीक्षान्त समारोहमा नगर प्रहरीका पदाधिकारी, तालिम केन्द्रका प्रशिक्षकहरू, नगरपालिकाका जनप्रतिनिधिहरू, र स्थानीय समुदायका प्रतिष्ठित व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले नगर प्रहरीको यो कदमलाई स्थानीय शान्ति, सुरक्षा र समृद्धिका लागि महत्वपूर्ण रहेको बताएका थिए । नगर प्रमुख जैसवालले तालिम पूरा गरेका प्रहरी जवानहरूलाई भविष्यमा नगरपालिकाको नीति र योजनाअनुसार जिम्मेवारी निर्वाह गर्दै गरुडा नगरपालिकालाई नमुना नगर बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे । यो दीक्षान्त समारोहले नगर प्रहरीको भविष्यलाई बलियो बनाउँदै स्थानीय प्रशासन र सुरक्षा व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्